News Portal

पत्रकारलाई विद्यार्थी नेत्रीको धम्की !

हिमाली संचार संवाददाता
४९० पटक

मोरङ, पथरी : मोरङको पथरीशनिश्चरेलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने ३ जना पत्रकारलाई आफुलाई विद्यार्थी नेत्री मान्ने निता कुलुङ (राईले) धम्की दिएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट ३ जना पत्रकारलाई चुनौती नै दिएकी हुन् ।

राई आफ्नो फेसबुक वालमा “पथरीका ३ पत्रकारका नाममा” भनेर ५ अनुछेद लामो स्टाटस पोस्ट गरेकी छन् । उनले ३ जना पत्रकारहरुको नामभने उल्लेख गरेकी छैनन् । सो स्टाटसमा आफु विद्यार्थी नेता पथरी बहुमुखी क्याम्पसको स्ववियु उपसभापति भएको, राजनीतिक धरातलमा नेकपाको राजनीति गर्ने मान्छे भएको जस्ता कुराहरु उल्लेख गरेकी छन् । उनले हेर्दै जा तेरो हिसाब किताब गर्दैगर, म पनि यही ठाउँको पानी खाएको मान्छे हुँ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेकी छन् । उनले १ हजार र १ गिलास रक्सीको भरमा प्रमाणित नहुने कुरा लेखिस भनेर पटकपटक तल्लो स्तरको भाषाशैली प्रयोग गरेकी छन् ।

राईको स्टाटस अनुसार गएको विहिबार अर्थात फागुन ३० गते किरात राई खेलकुद संघ मोरङले आयोजना गरेको जिल्ला स्तरीय प्रथम महिला भलिवल खेलका बारेमा आएको समाचारको विषयमा आक्रोसित भएको बुझिन्छ ।

यस्तो छ उनले लेखेको स्टाटस : 

सो खेल नियम विपरित भएको भनेर प्रदेश दैनिक लगायतका थुप्रै सञ्चाारमाध्यमहरुले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।

स्ववियु उपुभापति समेत रहेकी राई खेल संयोजक पनि हुन् । राईले स्ववियुमा पनि स्ववियुको मर्यादा भन्दा पनि बाहिर रहेर स्वावियुलाई नै बद्नाम गर्ने काम गरेको भन्दै पदबाट निष्काशन गरेको पत्राचार समेत गरेको थियो ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11534

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...