News Portal

किर्ते हस्ताक्षर प्रकरण : महासंघको केन्द्रमै निवेदन

हिमाली संचार संवाददाता
५०४ पटक

चैत ५, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी भत्ता (रकम) लिएको बिषय छानबीनका लागि महासंघको केन्द्रिय समितिमा उजुरी दर्ता भएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा बाँके शाखाका पुर्वसहसचिव जयसिंह केसीले मंगलबार महासंघ केन्द्रिय कार्यालयमा अध्यक्ष गोविन्द आचार्य समक्ष उक्त बिषय छानबीन गरी दोषीमाथी कारवाहीको मागसहित ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा पत्रकारहरूकै किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरूले बुझेको समाचार प्रकाशित भएपछि प्रेस युनियनका केन्द्रिय सदस्य केसीले छानविनको माग गर्दै महासंघको केन्द्रिय समितिमा निवेदन दर्ता गराएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले मिडियाका लागि छुट्ट्याएको रकम मध्येबाट महासंघले प्राप्त गरेको रकममा चरम अनियमितता देखिएको उक्त निवेदनमा उल्लेख गरिएको छ । पत्रकार केसीले केन्द्रिय नेतृत्वबाटै छानविन गरी महासंघको गरिमा जोगाउन आग्रह समेत गरेका छन् ।

यस बिषयमा महासंघका केन्द्रिय महासचिव रमेश विष्टले महासंघका पदाधिकारीले किर्ते हस्ताक्षर गरी रकम लिएको बारे निवेदन आएकाले केही दिनभित्रै उक्त बिषयमा छानबनि गरिने बताएका छन् । उनले भने ‘यस्तो बिषय जनसरोकारको बिषय हुने हुँदा यसमा महासंघ केन्द्रीय समितिको गमभीर ध्यानाकर्षण भएको छ ।

पत्रकार महासंघ बाँके शाखाले विविध कार्यक्रमका लागि भन्दै लगेको रकम दुरूपयोग भएको खुलाएर नेपालगन्ज उपमहानगरपालिका बिरूद्ध महासंघलाई समेटेर अख्तियारमा समेत उजुरी परेको खुलेको छ ।

अख्तियारमा उजुरी दर्ता भईसकेको कारण केही समयमै उपमहानगरपालिका माथी अनुसनधान र छानबीन शुरू हुने र आबश्यकता परेको खण्डमा महासंघका पदाधिकारसँग पनि छानबीन गर्न सकिने अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले यस अघि नै बताएका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...