News Portal

किर्ते हस्ताक्षर प्रकरण : महासंघको केन्द्रमै निवेदन

हिमाली संचार संवाददाता
४५३ पटक

चैत ५, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारीले किर्ते हस्ताक्षर गरी भत्ता (रकम) लिएको बिषय छानबीनका लागि महासंघको केन्द्रिय समितिमा उजुरी दर्ता भएको छ ।

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा बाँके शाखाका पुर्वसहसचिव जयसिंह केसीले मंगलबार महासंघ केन्द्रिय कार्यालयमा अध्यक्ष गोविन्द आचार्य समक्ष उक्त बिषय छानबीन गरी दोषीमाथी कारवाहीको मागसहित ध्यानाकर्षण पत्र समेत बुझाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य भएको कार्यक्रममा पत्रकारहरूकै किर्ते हस्ताक्षर गरी अर्काको नामको पैसा महासंघका पदाधिकारीहरूले बुझेको समाचार प्रकाशित भएपछि प्रेस युनियनका केन्द्रिय सदस्य केसीले छानविनको माग गर्दै महासंघको केन्द्रिय समितिमा निवेदन दर्ता गराएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाले मिडियाका लागि छुट्ट्याएको रकम मध्येबाट महासंघले प्राप्त गरेको रकममा चरम अनियमितता देखिएको उक्त निवेदनमा उल्लेख गरिएको छ । पत्रकार केसीले केन्द्रिय नेतृत्वबाटै छानविन गरी महासंघको गरिमा जोगाउन आग्रह समेत गरेका छन् ।

यस बिषयमा महासंघका केन्द्रिय महासचिव रमेश विष्टले महासंघका पदाधिकारीले किर्ते हस्ताक्षर गरी रकम लिएको बारे निवेदन आएकाले केही दिनभित्रै उक्त बिषयमा छानबनि गरिने बताएका छन् । उनले भने ‘यस्तो बिषय जनसरोकारको बिषय हुने हुँदा यसमा महासंघ केन्द्रीय समितिको गमभीर ध्यानाकर्षण भएको छ ।

पत्रकार महासंघ बाँके शाखाले विविध कार्यक्रमका लागि भन्दै लगेको रकम दुरूपयोग भएको खुलाएर नेपालगन्ज उपमहानगरपालिका बिरूद्ध महासंघलाई समेटेर अख्तियारमा समेत उजुरी परेको खुलेको छ ।

अख्तियारमा उजुरी दर्ता भईसकेको कारण केही समयमै उपमहानगरपालिका माथी अनुसनधान र छानबीन शुरू हुने र आबश्यकता परेको खण्डमा महासंघका पदाधिकारसँग पनि छानबीन गर्न सकिने अख्तियार दुरूपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले यस अघि नै बताएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...