News Portal

प्रधानमन्त्रीको आलोचना गरको भन्दै एक युवती पक्राउ, उनले प्रधानमन्त्रीलाई के भनेकी थिइन ?

हिमाली संचार संवाददाता
५५२ पटक

एजेन्सी, ढाका : बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदको आलोचना गरेको अभियोगमा सरकारी अधिकारीहरुले फिफा काउन्सिल सदस्य महफुजा अख्तर किरोनलाई पक्राउ गरेको छ । उनलाई प्रधानमन्त्रीको मानहानीको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । उनले प्रधानमन्त्री हसिनाले फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

मानहानीको अभियोगमा उनको भनाइले सम्पूर्ण देशलाई नै हतोत्साहित गरेको आरोप लगाइएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । उनलाई शनिबार बंगलादेशी अदालतले धरौटीको अवसर प्रदान नगरी जेल पठाएको उनका वकिलले बताएका छन् । मानवअधिकार समुदायले हसिना सरकारले कडा कानुन प्रयोग गरेको भनेर सरकारको आलोचना गर्दै आइरहेका छन् ।

किरोनले हालैको एक टीभी अन्तर्वार्तामा प्रधानमन्त्रीले क्रिकेटमा मात्रै ध्यान दिएको र फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् । उनले प्रधानमन्त्रीले फुटबल र क्रिकेटमा दोहोरो भूमिका खेलेको आरोप लगाउँदै व्यक्तिगत फाइदाका लागि उनले क्रिकेटलाई साथ दिएको तर फुटबललाई बेवास्ता गरेको आरोप लगाएकी थिइन् ।

उनीमाथि लगाइएको अभियोगमा खेलकुद मन पराउने प्रधानमन्त्रीलाई यस्तो आरोप लगाउँदा देशलाई नै हतोत्साहित बनाउने जीकिर गरिएको छ । यसैबीच उता मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ। शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन्।

यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ। यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ। शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन्।

यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ। सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन्।

पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन्। उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ। मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुँदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो बताए। पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे।

पत्रकार स्यान्टियागोलाई गत शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो। सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पुर्‍याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए। ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए। ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो।

पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन। प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ।

यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो। ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...