News Portal

एक सेकेण्डले जोगियो आबुधाबीबाट काठमाडौं आउँदै गरेको विमान !

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं : पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।

भारतको प्रमुख सन्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत गर्दै जनाए अनुसार गत शुक्रवार अपरान्ह काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन् ।

आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान ३१ हजार फिटको उचाइमा उडिरहेको थियो भने भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज ३२ हजार फिटको उचाइमा उडिरहेको थियो ।

अपरान्ह १ बजेर ४० मिनेटको समयमा मुम्बई एयर ट्राफिक कन्ट्रोलले इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दियो । काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो ।

स्रोतलाई उधृत गर्दै टाइम्स इण्डिया लेख्छ-दुई एयरक्राफ्ट मात्र तीन नटिकल माइल टाढा थिए । यो भनेको केही सेकेण्डको मात्र फरक हो । तर दुवै पाइलटको सावधानीका कारण विमानहरु आकाशमै ठोक्किनबाट जोगिए । यो घटनालाई भारतीय अधिकारीहरुले अनुसन्धानमा राखेका छन् ।

पाकिस्तानले भारतसँग तनावपछि आफ्नो आकाश बन्द गरेका कारण भारतीय आकाशमा विमानको चाप अधिक छ । यो घटनाको छानविन गरी लापरवाही गर्ने माथि कारवाहीको तयारी भइरहेको छ। पाकिस्तानको आकाश नखुलेका कारण नेपालतर्फ आउने अन्तर्राष्ट्रिय जहाजहरु हिन्द महासागरको माथिमाथि भारत छिरेर आउने गर्छन् ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...