News Portal

एक सेकेण्डले जोगियो आबुधाबीबाट काठमाडौं आउँदै गरेको विमान !

हिमाली संचार संवाददाता
४५१ पटक

काठमाडौं : पाकिस्तानले आफ्नो आकाशमाथि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि भारतीय आकाशमा हवाई ट्राफिकको चाप बढ्दा दुई विमान केही सेकेण्डको साबधानीका कारण ठोक्किनबाट जोगिएका छन् ।

भारतको प्रमुख सन्चारमाध्यम टाइम्स अफ इण्डियाले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई उधृत गर्दै जनाए अनुसार गत शुक्रवार अपरान्ह काठमाडौं आउँदै गरेको इत्तेहाद एयरलाइन्स र पेरिसतर्फ गइरहेको एयर फ्रान्सका जहाज केही सेकेण्डको दूरीमा ठोक्किनबाट जोगिएका हुन् ।

आबुधाबीबाट काठमाडौं आउँदै गरेको इवाइ २९० विमान ३१ हजार फिटको उचाइमा उडिरहेको थियो भने भियतनामबाट पेरिस जाँदै गरेको एयर फ्रान्सको बोइङ ७७७ जहाज ३२ हजार फिटको उचाइमा उडिरहेको थियो ।

अपरान्ह १ बजेर ४० मिनेटको समयमा मुम्बई एयर ट्राफिक कन्ट्रोलले इत्तेहादको उडानलाई ३३ हजार फिटमा जान निर्देशन दियो । काठमाडौं आउँदै गरेको जहाजले उचाइ लिने क्रममा विपरित दिशाबाट आइरहेको एयर फ्रान्सको जहाजसँग आमने सामने भयो ।

स्रोतलाई उधृत गर्दै टाइम्स इण्डिया लेख्छ-दुई एयरक्राफ्ट मात्र तीन नटिकल माइल टाढा थिए । यो भनेको केही सेकेण्डको मात्र फरक हो । तर दुवै पाइलटको सावधानीका कारण विमानहरु आकाशमै ठोक्किनबाट जोगिए । यो घटनालाई भारतीय अधिकारीहरुले अनुसन्धानमा राखेका छन् ।

पाकिस्तानले भारतसँग तनावपछि आफ्नो आकाश बन्द गरेका कारण भारतीय आकाशमा विमानको चाप अधिक छ । यो घटनाको छानविन गरी लापरवाही गर्ने माथि कारवाहीको तयारी भइरहेको छ। पाकिस्तानको आकाश नखुलेका कारण नेपालतर्फ आउने अन्तर्राष्ट्रिय जहाजहरु हिन्द महासागरको माथिमाथि भारत छिरेर आउने गर्छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...