News Portal

  • नेपालगन्ज उपमहानगरपालिका र पत्रकार महासंघबिरुद्ध अख्तियारमा उजुरी

    हिमाली संचार संवाददाता
    ३५६ पटक

    चैत्र ४, नेपालगन्ज : आर्थिक अनियमितता गरेको कारण नेपालगन्ज उपमहानगरपालिका र किर्ते हस्ताक्षर गरी भत्ताका नाममा रकम लिएको आरोपमा नेपाल पत्रकार महासंघ बाँके शाखा बिरूद्ध अख्तियारमा उजुरी दर्ता भएको छ ।

    नेपाल पत्रकार महासंघ बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाका बिरूद्ध आर्थिक अनियमितता र किर्ते हस्ताक्षर बिरूद्ध उजुरी दर्ता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरले जानकारी दिए ।

    उपमहानगरपालिकाको रकम नेपाल पत्रकार महासंघले विविध कार्यक्रमका लागि लगेर दुरूपयोग गरेको, उपमहानगरपालिकासँग सहकार्यमा भएका कार्यक्रममा किर्ते हस्ताक्षर गरि अर्काको नामको पैसा महासंघका पदाधिकारीले लगेको किर्ते हस्ताक्षरमै भक्ता बुझेको, कार्यक्रम तथा अनुगमन नै नगरी रकम झँवाम्म पारेको लगायतका आरोपसहित अख्तियारमा छानबीन तथा कारबाहीका लागि उजुरी दर्ता भएको अख्तियार प्रमुख गैरे बताउँछन् ।

    नेपालगन्ज उपमहानगरपालिकाले दिएको रकम समेत पत्रकार महासंघका पदाधिकारी र उपमहानगरपालिकाकै कर्मचारीको मिलेमतोमा हिनामिना समेत गरेको उक्त उजुरीमा उल्लेख गरिएको गैरले जानकारी दिए । यसअघि पनि उक्त रकम हिनामिान र नगरपालिकामा पत्रकारहरूको किर्ते हस्तारणका बारे सहरभरी निकै चर्चा भने चलेको सुनिएको थियो ।

    तर, अख्तियारमै यसरी उजुरी दर्ता भएपनि अख्तियारले पहिला नेपालगन्ज उपमहानगरपालिकामा छानबीन शुरू गर्ने तयारी गरेको प्रमुख गैरले बताए । अख्तियार प्रमुख गैरेका अनुसार नगरपालिकाका कागजपत्र छानबीन पछि आबश्यकताअनुसार पत्रकार महासंघका सम्बन्धीत पदाधिकारीमाथी छानबीन गरिने भएको छ ।

    छानबीन र अनुसन्धानका क्रममा उजुरीमा उल्लेख भएजस्तै दोषी देखिएको अवस्थामा उपमहानगरपालिका र पत्रकार महासंघ दुवै निकायका सम्बन्धीत व्यक्ति र पक्षमाथी कारवाही तथा असुलीका लागि कानूनी अघि बढाईने उनी बताउँछन् । उनले भने ‘पत्रकार महासंघ गैरसरकारी संस्था भएकोले अख्तियारले सिधै छापा मार्दैन त्यसैले पहिला उपमहानगरपालिकामा छानबीन हुन्छ ।

    त्यसपछि प्रक्रियागत र आबश्यताअनुसार महासंघका पदाधिकारमाथी छानबीन हुन्छ । उनले थपे ‘तर, उजुरी आईसकेकोले सबै जना निगरानीमै हुनुहुन्छ । नेपाल पत्रकार महासंघ बाँकेले विगत लामो समयदेखि सार्वजनिक परिक्षण गरेको छैन् । यसअघि रूद्र सुवेदीको नेतृत्वको कार्य समितिसँग पनि बाँकेका केही पत्रकारले आर्थिक पारदर्शी गर्न आग्रह सहितको सूचना माग समेत गरेका थिए । तत्कालिन अध्यक्ष सुवेदीले उक्त सूचना नदिएपछि वर्तमान कार्य समितिले सुवेदीको पालाको सूचना प्रदान गरेको थियो ।

    तर, महासंघले उपयुक्त र चित्त बुझ्दो सूचना नदिएको र सार्वजनिक लेखा परिक्षण गरी आम नागरिकलाई बार्षिक खर्च÷आम्दानी विवरण अहिलेसम्म एक पटकपनि नदेखाएको महासंघमै आबद्ध कतिपय सदस्यहरू बताउँछन् । नेपालगन्ज उपमहानगरपालिकाबाट नेपाल पत्रकार महासंघले ‘पत्रकारीता तालिम’ लगायतका विविध शिर्षकमा रकम लगेको उपमहानगरपालिकाले बताएको छ । अख्तिायरमा उजुरी परेको हरहिसाबको कतिपय खर्च विवरणमा अनुगमन नै नगरी कतिपय व्यक्तिले रकम बुझि लिएको उल्लेख छ ।

    उपमहानगरपालिको सामाजिक विकास अधिकृत कृष्ण जोशीले मिडियाका लागि भनेर दश लाख विनियोजन गरेको जानकारी दिए । उनले भने ‘कुन कुन शिर्षकमा कति त्यो मलाई नि थाहा भएन तर, एकमुष्ट दश लाख विनियोजन गरेको हो ।’ रकम विनियोजनमा मैले नै सिफारिस गरेको हुँ तर, खर्चका बारे डिटेल मलाई थाहा छैन् उनले भने ‘त्यो गत बर्षको रकम हो ।

    यस बिषयमा नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले भने ‘रकम विनियोजन गर्दा मेयर, उपमेयर र नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुरसिंह थारूको सहमतिमै गरिएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...