News Portal

नेपाली विमानलाई युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह

हिमाली संचार संवाददाता
४१७ पटक

काठमाडौँ : नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग आज त्यस्तो अनुरोध गर्नुभएको हो ।

मन्त्री ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला पाम्पाओलिनीसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालले नागरिक उड्डयन सुरक्षाका कुनै पनि विषयमा सम्झौता नगरेको र त्यसप्रति अति संवेदनशील रहेको बताउनुभयो ।

नेपालको विकासको भरपर्दो साझेदार युरोपेली सङ्घलाई कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा लगानी गर्न सङ्घका सदस्य देशका लगानीकर्तालाई आह्वान गर्दै मन्त्री ज्ञवालीले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा अधिकाधिक युरोपेली उद्यमी–व्यवसायीलाई सहभागिताका निम्ति अभिप्रेरित गर्न आग्रह गर्नुभयो। (रासस)

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...