News Portal

नेकपाको शासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राणा

हिमाली संचार संवाददाता
३९६ पटक

चैत ३, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले कमल थापाको राप्रपासँग एकता गर्न सकिने बताएको छ । तर, पार्टी एकताका लागि राप्रपा संयुक्तले चुनाव चिन्ह शर्त राखेको छ ।

आइतबार दाङमा आयोजित पत्रकार सम्मेलना राप्रपा संयुक्त अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । हामी राप्रपा सँगको एकता स्वीकार गर्छौं यदि कमल थापाले हलो स्वीकार गर्छन् भने ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष पशुपति शम्शेर जबराले भने पार्टी एकताका बारेमा बोलेनन् । राणाले सरकारको आलोचना मात्रै गरे । नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको उनको आरोप छ ।

‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ । सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ । पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको छ,’ अध्यक्ष राणाले भने ।

यस्तै, सिके राउतसँग भएको सहमति प्रष्ट नभएको भन्दै अध्यक्ष राणाले प्रष्ट पार्नुपर्ने बताएका छन् । ‘सहमति गरेको भोलिपल्ट राउतले मधेस नेपालमा कहिले समावेश नभएको, सधैं अलग रहेका बताए । सरकारले यसबारे मौनता साँधेको छ, सरकारले धारणा प्रष्ट गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...