News Portal

नेकपाको शासन भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : राणा

हिमाली संचार संवाददाता
३७९ पटक

चैत ३, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले कमल थापाको राप्रपासँग एकता गर्न सकिने बताएको छ । तर, पार्टी एकताका लागि राप्रपा संयुक्तले चुनाव चिन्ह शर्त राखेको छ ।

आइतबार दाङमा आयोजित पत्रकार सम्मेलना राप्रपा संयुक्त अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘हामी हाम्रो मूल्य मान्यतासँग मिल्ने सबैसँग एकता गर्न तयार छौं । हामी राप्रपा सँगको एकता स्वीकार गर्छौं यदि कमल थापाले हलो स्वीकार गर्छन् भने ।

पत्रकार सम्मेलनमा अर्का अध्यक्ष पशुपति शम्शेर जबराले भने पार्टी एकताका बारेमा बोलेनन् । राणाले सरकारको आलोचना मात्रै गरे । नेकपाको शासनकालमा देश चुर्लम्म भ्रष्टाचारमा डुबेको उनको आरोप छ ।

‘वाइड बडी, बुढी गण्डकी र मेलम्ची प्रकरणहरुले सरकार भ्रष्टाचारमा डुबेको प्रमाणित गर्दछ । सरकार भ्रष्टाचारबाट डुङडुङ गनाएको छ । पछिल्लो अवस्था हेर्दा, सरकारले केन्द्रको भ्रष्टाचार गाउँगाउँ पुर्‍याएको छ,’ अध्यक्ष राणाले भने ।

यस्तै, सिके राउतसँग भएको सहमति प्रष्ट नभएको भन्दै अध्यक्ष राणाले प्रष्ट पार्नुपर्ने बताएका छन् । ‘सहमति गरेको भोलिपल्ट राउतले मधेस नेपालमा कहिले समावेश नभएको, सधैं अलग रहेका बताए । सरकारले यसबारे मौनता साँधेको छ, सरकारले धारणा प्रष्ट गर्नुपर्दछ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...