News Portal

पत्रकारमाथि आक्रमणमा संलग्नलाई पक्राउको माग गर्दै र्‍याली

हिमाली संचार संवाददाता
४०३ पटक

चैत ३, सर्लाही : पत्रकार सोम दियालीमाथि साङ्घातिक आक्रमण गर्नेहरुलाई पक्राउगरी कानुनी कारवाही गर्न माग गर्दै आइतवार सर्लाही सदरमुकाम मलङ्गवामा दबाब र्‍याली निकालिएको छ ।  सामुदायिक रेडियो सर्लाही हरिवनमा कार्यरत पत्रकार दियालीमाथि आक्रमण भएको एक महिना भन्दा बढी समय भैसक्दा समेत घटनामा संलग्नहरु पक्राउ नगरेपछि नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको आयोजनामा दोषीलाई पक्राउको माग गर्दै र्‍याली निकालिएको हो ।

र्‍यालीपश्चात जिल्ला प्रशासन कार्यालय मलङ्गवाको मुलद्धारमा पुगेका सञ्चारकर्मीले त्यहाँ केहीबेर धर्ना समेत दिएका थिए । पत्रकार दियालीमाथि गत माघ २९ गते हरिवनस्थित सुखेपोखरी मन्दिर नजिकको एक चिया पसलमा आक्रमण भएको थियो । उनलाई चिया पिउन बोलाउने हरिवन नगरपालिका–११ का २० वर्षीय इरफान देवानलाई प्रहरीले घटना लगत्तै पक्राउ गरेको थियो ।

उनलाई घटनामा संलग्न कसुरदार ठहर्‍याइए पनि थुनामै राखेर कारवाही गर्नुपर्ने कसुर नदेखिएको भन्दै सर्लाही जिल्ला अदालतले फागुन २९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि तीन लाख ५० हजार धरौटी बुझाएर उनी फागुन ३० गते छुटिसकेका छन् ।

देवानले पटक–पटक फोन गरेर बोलाएको ठाउँ सुखेपोखरी जाँदा पत्रकार दियालीमाथि आक्रमण भएको हो । आक्रमणमा संलग्न बागमती नगरपालिका–१ का समिर गुरुङ र हरिवन नगरपालिका–९ का भीमप्रसाद रेग्मी अझै फरार छन् । उनीहरुलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । प्रहरीले उनीहरुको खोजी भैरहेको जनाएको छ ।

आक्रमणबाट अनुहारमा गहिरो चोट लागेका दियालीको तीन वटा दाँत समेत फेर्नु परेको छ । घटनामा संलग्न भीमप्रसाद रेग्मीले केही दिनअघि फेसबुकमार्फत फेरि आक्रमणको धम्की दिएका पत्रकार दियालीले बताए। उनले समाचार लेखेकै कारण आफूमाथि आक्रमण भएको भन्दै घटनाको निष्पक्ष छानविन गर्न माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...