News Portal

बिश्वकर्मा समाजले गर्‍यो १० बिद्यार्थीलाई सहयोग

हिमाली संचार संवाददाता
४५६ पटक

पुजा बिसी/चैत २, डेढगाउँ नवलपुर : बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ ।

समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष बाल प्रसाद ठाडाले बोल्दै स्थापनाको छोटो समयमै बिश्वकर्मा समाजले गरेको उदाहरणिय सामाजिकको कामको प्रसंशा गर्दै समाजका लागि आफुले सस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्वता गर्नुभयो ।

कार्यक्रममा बौदीकाली-२दलित महिला सदस्य भुलमाया बिश्वकर्मा, बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिक, बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष पदम बहादुर बिश्वकर्मा, सहयोग प्राप्त गर्ने बिद्यार्थी रेजिना बिकले बोल्दै बिश्वकर्मा समाजले बिधालय स्तरमा अध्यनरत बिद्यार्थीलाई गरेको सहयोग उदाहरणिय रहेको बताउनुभयो ।

वडाकार्यलय डेढगाउँमा भएको कार्यक्रममा बिदेश बिभाग संयोजक छबिराम सुनारको आर्थिक सहयोगमा डेढगाउँमा रहेका बिश्वकर्मा समुदायका १० बिद्यार्थीलाई शैक्षिक स्टेसनरी र नगद प्रदान गरिएको थियो।

गत कार्तिक महिनामा डेढगाउँका बिश्वकर्मा समुदायका सामाजिक अगुवा र युवाहरुको सक्रियतामा स्थापित बिश्वकर्मा समाजमा हाल कार्यसमिति सहित ४उपसमिति र छबिराम सुनारको संयोजकत्वमा ७ वटा देशमा समेत संयोजकको जिम्मेवारी दिई समिति बिस्तारका लागि अघि बढेकोछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...