News Portal

बिश्वकर्मा समाजले गर्‍यो १० बिद्यार्थीलाई सहयोग

हिमाली संचार संवाददाता
४२१ पटक

पुजा बिसी/चैत २, डेढगाउँ नवलपुर : बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ ।

समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष बाल प्रसाद ठाडाले बोल्दै स्थापनाको छोटो समयमै बिश्वकर्मा समाजले गरेको उदाहरणिय सामाजिकको कामको प्रसंशा गर्दै समाजका लागि आफुले सस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्वता गर्नुभयो ।

कार्यक्रममा बौदीकाली-२दलित महिला सदस्य भुलमाया बिश्वकर्मा, बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिक, बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष पदम बहादुर बिश्वकर्मा, सहयोग प्राप्त गर्ने बिद्यार्थी रेजिना बिकले बोल्दै बिश्वकर्मा समाजले बिधालय स्तरमा अध्यनरत बिद्यार्थीलाई गरेको सहयोग उदाहरणिय रहेको बताउनुभयो ।

वडाकार्यलय डेढगाउँमा भएको कार्यक्रममा बिदेश बिभाग संयोजक छबिराम सुनारको आर्थिक सहयोगमा डेढगाउँमा रहेका बिश्वकर्मा समुदायका १० बिद्यार्थीलाई शैक्षिक स्टेसनरी र नगद प्रदान गरिएको थियो।

गत कार्तिक महिनामा डेढगाउँका बिश्वकर्मा समुदायका सामाजिक अगुवा र युवाहरुको सक्रियतामा स्थापित बिश्वकर्मा समाजमा हाल कार्यसमिति सहित ४उपसमिति र छबिराम सुनारको संयोजकत्वमा ७ वटा देशमा समेत संयोजकको जिम्मेवारी दिई समिति बिस्तारका लागि अघि बढेकोछ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...