News Portal

कांग्रेस नेता खाँण भन्छन् – विप्लवलाई निषेध गरिहाल्ने अवस्था थिएन !

हिमाली संचार संवाददाता
३९७ पटक

बुटवल २, चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमाथि निषेधको राजनीति गरेको बताएका छन् । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रमुख सचेतक खाँणले, सरकारले विप्लवलाई निषेधको राजनीति गरिहाल्ने अवस्था नरहेको बताए ।

विप्लवको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन गम्भीर बन्नुपर्ने बताउँदै उनले वार्ता र संवादको ढोका बन्द गर्न नहुनेमा जोड दिए । उनले विप्लवलाई पनि वार्ता र सहमतिबाटै समाधान खोज्न आग्रह गरे । मुलुकले फेरि अर्को द्वन्द्व थेग्न नसक्ने उनले उताए ।

सिके राउतसँग भएका सहमतिका बुँदाहरुमा अस्पष्टता रहेको भन्दै उनले राउतले भनेजस्तै मुलुकलाई खण्डित गर्ने विषयमा जनमत संग्रह हुनै नसक्ने प्रष्ट पारे । संविधानमा नभएका कुराहरुमा पनि सरकारले प्रतिवद्धता गरेजस्तो सहमतिका बुँदामा रहेको बताए ।

सरकार र सिके राउतको धारणा समान आउनुपर्ने खाँणले माग गरे । सहमतिको अर्को दिन सिके राउतका कार्यकर्ताले जनकपुरमा गरेको प्रदर्शन र नाराहरुले पनि आशंकाहरु बढेको उनले उल्लेख गरे ।
प्रदेश ५ को राजधानीबारे प्रदेशसभाले छिटो टुंगो लगाउनुपर्ने पनि उनले जोड दिए ।

गौतमबुद्धको जन्मस्थल, अन्तराष्ट्रिय विमानस्थल र अन्य पुर्वाधारका हिसाबले पूर्ववर्ती सरकारले गरेको निर्णयअनुसार रुपन्देहीलाई नै स्थायी राजधानी बनाउनु पर्ने उनको भनाइ छ ।

सत्तारुढ दल नेकपाका नेताहरुले संसदीय व्यवस्थाप्रति बेलाबेलामा अनास्था प्रकट गरेका र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले पनि संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादको कुरा गरेको तर्फ इंगित गर्दै खाँणले संसदीय व्यवस्थाले सबै विविधतालाई सम्बोधन गर्ने प्रष्ट पारे ।

एकदलीय व्यवस्था वा सर्वसत्तावादी चरित्रले मुलुक लामो समय चलाउन नसकिने उनले प्रष्ट पारे। उनले नेपाली कांग्रेसले सदनमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरिरहेको दाबीसमेत गरे ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...