News Portal

  • किसानलाई पानी दिन नसक्ने सरकारले पानीजहाजका कुरा गर्नु हास्यास्पद : नेता पौडेल

    हिमाली संचार संवाददाता
    ३४५ पटक

    मणि प्रसाद गैह्रे
    कपिलवस्तु : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको बर्तमान सरकार एक बर्षे कार्यकालमा पुर्णतया असफल भएको आरोप लगाएका छन् । कपिलवस्तुको यशोधरा गाउपालिका– ४ अम्लोनाहामा नेपाली कांग्रेस क्षेत्रीय समितिद्वारा आयोजित बिशाल आभ सभामा सम्बोधन गर्दै नेता पौडेलले भने‘ सरकार शान्ति सुरक्षा, सुशासन र विकासमा पुर्णतया असफल भएको छ।

    ओली सरकारको कामको टिप्पणी गर्दै उनले भने, ‘बर्तमान सरकारको एक वर्षे उपलब्धी शुन्य छ। अधिनायकबादी चिन्तन हावी भएपछि सरकारले एक वर्ष त्यसै खेर फालेको नेता पौडेलले सरकारको खरो आलोचना गरे । आम जनतालाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले नेपालको संविधान तथा कानुनको खिल्ली उडाउने काम गरेको पौडेलले अरोप लगाए । बर्तमान सरकारको समृद्धिको नारा नारामै सीमित भएको भन्दै उनले अबको समृद्धिको नेतृत्व पनि  कांग्रेसले लिने अवस्था आएको बताए ।

    सरकारले एक बर्षे कार्यकालको उपलब्धीले नै आउने चार बर्षमा केही हुन नसक्ने संकेत देखा परकोले कांग्रेसको अगुवाईमा मात्र मुलुकमा समृद्धिको ढोका खुल्ने दाबी गरे । देशमा पानी जहाज र रेल संचालन गर्ने भन्दै सरकारले जतालाई उल्लु बनाउने काम गरेको बताए । उनले अध्ययनबाट समेत नेपालमा पानी जहाज आउन नसक्ने देखिएको भन्दै कृषकहरुलाई पानी चाहिएको र सरकार पानी जाहजाको झुठा सपना देखाएको बताए ।

    राजपा र फोरममा रहेका मधेसी दलका नेताहरुले तराई मधेसका जतालाई झुक्काउने गरेको आरोप लगाए । मधेस आन्दोलनमा ओलीलाई गाली गर्ने मधेसी नेताहरु नै अहिले ओली सरकारमा जानुले नै यसको पुष्टी भएको बताए । नेता पौडेलले तराई मधेस कांग्रेसको एक अर्काका परिपुरक र साथ भएको बताए । उनले कांग्रेसको बल नै मधेस भएकाले मधेसी जनतालाइ कांग्रेसले कहिले धोका दिन नसक्ने बताए ।

    सिके राउतसंग गरेको संझौता अपरपक्व  भएको उनले बताए। अध्ययन र छलफल नगरी गरिएको स्तन्त्र मधेसका संयोजक भनिएका राउतसंगको संझौता हतारमा गरिएको बताए। सिके राउतले बिगतमा गरेका बिखण्डनकारी गतिबिधि बारे सहमितिमा कहि कतै स्विकार नगरेको बताए ।

    उनले संझौतापछि पनि स्वतन्त्र मधेसको नाममा बिखण्डनकारी गतिबिधि भएको प्रति चिन्ता ब्यक्त गदै सरकारको यस तर्फ ध्यानाकर्ण गराए । उनले स्वतन्त्र मधेसको नाममा सिके राउतले तराई मधेस र हिमालको सम्बन्धलाई बिगार्न खोजेको तर्क गरे। उनले देशमा अहिलको स्थितिमा जिम्मवारी पुर्वक काम गर्ने देशभक्त नेताको खाचो रहेको बताए। अहिले मुलुकमा अराजत  गतिबिधि बढदै गएको र त्यसलाई सरकारले नियन्त्रणमा लिन नसक्दा मुलुकमा डर र भयको शासन चलेको आरोप लगाए।

    सो अवसरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद अतहर कमालले बिखण्डनकारी सिके राउतसंग संर्झौता र देश मै बसेर आन्दोलनमा रहेको नेपकालाई प्रतिबन्ध लगाएर सरकारले गलत काम गरेको टिप्पणी गरे ।

    कार्यक्रमममा कांग्रेसका जिल्ला सभापति सरेन्द्रराज आचार्य, पुर्व सभपति  राजेश आचार्य, सुधार पाण्डेय, तरण दलका महासचिव भुपेन्द्रजग शाही, महिला संघकी केन्द्रीय सदस्य सुमित्रा शर्मा लगायतले मन्तब्य दिएका थिए । कार्यक्रम क्षेत्रीय सभापति गिरीजशे कुमार पाण्डेयको अध्यक्षता र माधव पराजुलीको संचलनमा भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गराएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...