News Portal

हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्छु : अध्यक्ष थापा

हिमाली संचार संवाददाता
४५६ पटक

चैत १, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।

०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएर दिएका काठमाडौंबासीले ०७४ मा पछाडिको १३ हजार मात्र भोट दिएको भन्दै उनले पटक पटक सरकारमा गएको जनतालाई मन नपरेको बताए । उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताए ।

थापाले संविधान गएपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका छन् । म संकल्पका साथ निवेदन गर्दछु। आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।

‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु’ उनले अघि भने। वाइड बडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको थापाले आरोप लगाए। उनले भने ‘केही दिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो भन्नुभयो ।

यसबारेमा सरकारमा बसेको तपाईलाई धेरै सूचना होला’ उनले भने ‘विप्लव कति लुटेरा हुन् होइन तपाई जान्नुस् । तर वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुनकाण्डका वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् । सक्नुहुन्छ भने यिनीहरुलाई प्रतिबन्ध लगाउनुस्। सरकारले सिके राउतसँग गरेको सम्झौतामा राष्ट विखण्डनको मुद्दा त्यागेको प्रतिवद्धता नभएकाले उक्त सहमति शंकास्पद रहेको थापाले बताए ।

जब मैले दोहोर्‍याएर, तेहेर्‍याएर दस्तावेज पढेँ । त्यो पढ्दाखेरि प्रष्ट हुन्छ, कि त्यो राष्ट्रहितविरुद्धको एउटा विवादास्पद र रहस्यमय सम्झौताको पुलिन्दामात्र हो’ उनले भने ‘त्यो दस्तावेजमा काहिँ कतै सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको उल्लेख गरिएको छैन ।’ उनले भोट हालेर सरकार फेर्न सके पनि मुलुकको सिमाना घटाउन नसकिने बताए ।

विप्लव समूहको रुपमा फेरि नयाँ माओवादीको जन्म भइरहेको थापाले बताए । नेपाली कांग्रेस, एमाले लगायतका दलले विगतमा अब कसैले विद्रोहका लागि बन्दुक उठाउनुपर्दैन, अधिकारका लागि संघर्ष गर्नुपर्दैन भनेर हिन्दुराष्ट्र र राजसंस्था समाप्त पारेको आरोप लगाउँदै थापाले अहिले फेरि अर्को माओवादीको जन्म भएको दावी गरे । ‘तपाईहरु जनतालाई माओवादी विद्रोहको उपहार दिँदै हुनुहुन्छ’ उनले भने ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...