News Portal

  • हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्छु : अध्यक्ष थापा

    हिमाली संचार संवाददाता
    ३३६ पटक

    चैत १, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।

    ०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएर दिएका काठमाडौंबासीले ०७४ मा पछाडिको १३ हजार मात्र भोट दिएको भन्दै उनले पटक पटक सरकारमा गएको जनतालाई मन नपरेको बताए । उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताए ।

    थापाले संविधान गएपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका छन् । म संकल्पका साथ निवेदन गर्दछु। आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।

    ‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु’ उनले अघि भने। वाइड बडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुन तस्करीजस्ता काण्ड राज्यकै संरक्षणमा भइरहेको थापाले आरोप लगाए। उनले भने ‘केही दिनअघि प्रधानमन्त्रीले विप्लव माओवादीलाई लुटेराहरुको संस्था हो भन्नुभयो ।

    यसबारेमा सरकारमा बसेको तपाईलाई धेरै सूचना होला’ उनले भने ‘विप्लव कति लुटेरा हुन् होइन तपाई जान्नुस् । तर वाइडबडी खरिद काण्ड, एनसेल कर छली प्रकरण, ३८ किलो सुनकाण्डका वास्तविक लुटेरा बालुवाटार र सिंहदरबार वरपर नै छन् । सक्नुहुन्छ भने यिनीहरुलाई प्रतिबन्ध लगाउनुस्। सरकारले सिके राउतसँग गरेको सम्झौतामा राष्ट विखण्डनको मुद्दा त्यागेको प्रतिवद्धता नभएकाले उक्त सहमति शंकास्पद रहेको थापाले बताए ।

    जब मैले दोहोर्‍याएर, तेहेर्‍याएर दस्तावेज पढेँ । त्यो पढ्दाखेरि प्रष्ट हुन्छ, कि त्यो राष्ट्रहितविरुद्धको एउटा विवादास्पद र रहस्यमय सम्झौताको पुलिन्दामात्र हो’ उनले भने ‘त्यो दस्तावेजमा काहिँ कतै सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको उल्लेख गरिएको छैन ।’ उनले भोट हालेर सरकार फेर्न सके पनि मुलुकको सिमाना घटाउन नसकिने बताए ।

    विप्लव समूहको रुपमा फेरि नयाँ माओवादीको जन्म भइरहेको थापाले बताए । नेपाली कांग्रेस, एमाले लगायतका दलले विगतमा अब कसैले विद्रोहका लागि बन्दुक उठाउनुपर्दैन, अधिकारका लागि संघर्ष गर्नुपर्दैन भनेर हिन्दुराष्ट्र र राजसंस्था समाप्त पारेको आरोप लगाउँदै थापाले अहिले फेरि अर्को माओवादीको जन्म भएको दावी गरे । ‘तपाईहरु जनतालाई माओवादी विद्रोहको उपहार दिँदै हुनुहुन्छ’ उनले भने ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...