News Portal

मानसिक सन्तुलन गुमेका ५ जनालाई मानव सेवा आश्रममा हस्तान्तरण

हिमाली संचार संवाददाता
५२४ पटक
दुर्गा बि.सी.

सिम्ता १, चैत्र : सिम्ता गाउँपालिकामा मानसिक सन्तुलन गुमेर फिरन्त जीवन विताएका ५ जनालाई गाउँपालिकाको सहयोगमा शुक्रबार मानव सेवा आश्रम सुर्खेतमा वुझाएको छ । एक जना १ वर्षको दुधेवालक सहितकी महिला र ३ जना पुरुषलाई गाउँपालिकाको विशेष पहलमा मानव सेवा केन्द्र आश्रममा लगिएको छ ।

मानसिक सन्तुलन गुमेका मागेर खाने,सडक पेटी किनारमा वास गर्नेहरुलाई गाउँपालिकाले सुधार केन्द्रमा पठाएको छ । गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.उपाध्यक्ष चन्द्रकला शाहीको टोलिले आज नै उनिहरुलाई मानव सेवा आश्रम केन्द्रमा लिएर वुझाउनु भएको छ ।

सिम्ता घर भएका निम वहादुर टमटा सहित ५ जनालाई पठाएको वताएको छ । विभिन्न स्थानबाट गाउँपालिका क्षेत्रमा मानसिक सन्तुलन गुमेर घुमन्ते जिवन यापन गरेकालाई उद्धार गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...