News Portal

पूर्वमन्त्री तामाङविरुद्ध कारण देखाउ आदेश जारी

हिमाली संचार संवाददाता
४४६ पटक

चैत १, सिन्धुपाल्चोक : उच्च अदालत पाटनले प्रतिनिधसभाका सांसद शेरबहादुर तामाङविरुद्ध कारण देखाउ आदेश जारी गरेको उज्यालोमा खबर छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा पूर्व कानुनमन्त्री समेत रहेका तामाङले सांसद विकास कोषको रकम दुरुपयोग गरेको र सूचना माग गर्दा लुकाएकाले उहाँमाथि पत्रकार निरोज चौलागाँईले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

सूचना किन लुकाइएको तथा लुकाउनु पर्ने कारण भए त्याे खुलाइ १५ दिनभित्र जवाफ पेश गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो। न्यायधीश नरेन्द्रकुमार शिवाकोटीको एकल इजलासले सूचना लुकाउने तामाङलाई समेत अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ ।

सांसद तामाङले नियमविपरीत सांसद विकास कोषको बजेट वितरण गरेको भेटिएकाले त्यसको यथार्थ विवरण माग गर्दा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ र जिल्ला समन्वय समितिका सूचना अधिकारी युगबहादुर खड्काले समेत सूचना नदिएको पत्रकार चौलागाईँले बताउनुभयो ।

सांसद विकास कोषको बजेटबाट २० वटाभन्दा बढी योजनामा रकम वितरण गर्न नपाउने भए पनि सांसद तामाङले २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको भेटिएको थियो ।

नियमअनुसार सांसदले खर्च गर्न पाउने कार्य क्षेत्रबाहिर हुनेगरी २९ वटा योजनाको लागि बजेट विनियोजन गरेको र सूचना दिन हेलचेक्र्याँइ गरेकाले अदालतसम्म जानु परेको चौलागाँई बताउनुहुन्छ । निवेदकको तर्फबाट अधिवक्ताहरु शम्भूनाथ योगी र योगेन्द्र अधिकारीले बहस गरिरहनु भएको छ ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...