News Portal

वडाध्यक्षको मोटरसाइकल अज्ञात समूहद्धारा आगजनी

हिमाली संचार संवाददाता
६६५ पटक

चैत १, डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो। घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए ।

सो मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

अध्यक्ष बिष्टले आगजनी गर्ने कसैमाथि शंका नभएको बताएपछि प्रहरीलाई अनुसन्धानमा चुनौती भएको छ । विप्लव समूहले बिहीबार आह्वान गरेको नेपाल बन्दको दिन पनि नवदुर्गा गाउँपालिकामा दिनभर यातायातका साधन सञ्चालनमा आएका थिए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...