News Portal

राजपाले समर्थन फिर्ता लिनु खुसीको कुरा हो : प्रधानमन्त्री ओली

हिमाली संचार संवाददाता
५३२ पटक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने काम राजपाले गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकारले राजपाका लागि गर्न सक्ने जति सबै काम गरेको बताए।

बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- समर्थन फिर्ता लिनु पर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। अकारण अदालतको फैसलाको विषयलाई लिएर घुर्क्याउने, धम्क्याउने? जो उचित होइन। सरकारले गर्ने जति काम गरेको छ। उहाँहरूसँग कुनै सम्झौता गरेर तोडिएको त होइन।

सरकारको तर्फबाट सक्दो गरिएको हो,’ प्रधानमन्त्रीले भने, ‘उपचार खर्च दिएन कि। जेलबाट छुटाइएन कि। बाँकी वक्यौता कहिले कहिलेका हुन् तिरिएन की! सपथ ग्रहण नगराएकालाई गराइएन की सबै त गरेको छ। राजपा नेताहरुलाई सुरक्षा र सम्मानसमेत दिएको प्रधानमन्त्रीले बताए। ‘उहाँहरुलाई सुरक्षा सम्मान दिइएन कि त्यो पनि गरेकै छ,’ प्रधानमन्त्री ओलीले भने। अदालतले तथ्य र प्रमाणका आधारमा कानुन बमोजिम गरेकोले रेशम चौधरीका बारेमा सरकारले केही गर्न नसकेको उनको भनाइ छ।

‘स्वतन्त्र न्यायालयले तथ्य प्रमाणका आधारमा कानूनबमोजिम फैसला गर्‍यो। त्यो सरकारका हातमा हुने कुरा होइन। अब उहाँहरुले सरकारका विरुद्ध धेरै आरोपहरु, थोत्रा पुराना खिया लागेका, मक्काएका, पात झरेका, जरा सुकेका डाक्ला सुकेका अनेक प्रकारका आरोपहरुसहितको एउटा फेहरिस्त आरोप पत्र सिर्जना गर्नुभएको छ। सम्झिएजति र समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीले भने, ‘समर्थन फिर्ता लिनुपर्ने कारण थिएन लिनुभयो त्यो खुसीको कुरा हो। खुसीको कुरा हो। कसैले समर्थन गर्न नि पाइन्छ फिर्ता लिन नि पाइन्छ। जबरजस्ती गर्न सकिन्न।

राजपाले समर्थन फिर्ता लिएर धाकधक्कु लगाएको आरोप प्रधानमन्त्रीको छ। ‘एकपटक अलिअलि भोट आए प्रदेशमा सिट आए। भनेर सधैं यही हुन्छ भन्ने नठान्नु,’ प्रधानमन्त्रीले चेतावनी दिँदै भने, ‘फेरि चुनाव आउँछ। बरु यस्तो राजनीतिभन्दा आउनुहोस् विकास निर्माणमा मिलेर अगाडि बढौं। सरकार त तराइ मधेशको विकासका लागि कृतसंकल्पित छ।

मधेशमा बाबुजी पल्टिएर हिड्ने तर सचेतना, साक्षरता, भर्ना अभियान, बोक्सी हुन्न भन्नेजस्ता अभियान चलाउन नसकेको भन्दै प्रधानमन्त्रीले भने, ‘बाबुजी पल्टिएर हिड्ने। यो काम पार लाग्दैन विरोधका लागि होइन विकासका लागि यो सरकार बनेको हो।

प्रधानमन्त्रीले मधेश केन्द्रीत दललाई राष्ट्र निर्माणमा सहयात्रा गर्न आव्हान पनि गरे। प्रदेश नम्बर २ सरकारले ‘बेटी बढाउँ, बेटी बचाउ’ नारासहित अभियान सुरु गरेकोमा आफूले समर्थन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...