News Portal

कर्णालीका सासंदहरु भन्छन – सांसद र संचारको सम्बन्ध नङमासु जस्तो हुनुपर्छ !

हिमाली संचार संवाददाता
४३६ पटक
सुशील सिंह

फाल्गुन ३०, सुर्खेत : सांसद र संचारको सम्बन्ध नङमासुको जस्तो हुनुपर्ने कर्णाली प्रदेशका सासंदहरुले बताएका छन् । आज कर्णाली प्रदेश सभा सचिवालयले बिरेन्द्रनगरमा आयोजना गरेको सांसद र संचार सम्बन्ध बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै धेरै जसो सांसदहरुले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा स्वागत मन्तब्य दिदै कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले संचारमाध्यमहरुलाई प्रभाबकारी बनाउनु पर्नेमा जोड दिनुभयो । यो जमाना भनेको संचारको जमाना हो । संचारको जमानामा संचारमाध्यमहरुलाई प्रभाबकारी बनाउन सकेनौ र हाम्रा कुराहरुलाई जनता सामु पु¥याउन सकेनौ भने हाम्रो औचित्य पनी नरहने बताउनुभयो ।

यस्तै कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती बिष्टले पनी संसद र संचारको सुमधुर सम्बन्ध स्थापित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले जनताका गुनासा संसद संग र संसदका कुराहरु आम जनता सामु पु¥याउनको लागी संचारमाध्यमहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै अझै पनी सांसद र संचारको भुमिका बलियो रुपमा स्थापित गर्नको लागी यो कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

यस्तै कर्णाली प्रदेश सरकारकी भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले अहिलेको अबस्थामा कर्णाली प्रदेशमा यो कार्यक्रम आयोजना हुनु भनेको तिर्खा लागेको बेला पानी मिलेको बताउनुभएको छ । हाम्रा अभिन्न अंगको रुपमा संचार माध्यम रहेको भन्दै यस्ता कार्यक्रमहरुको आबश्यक रहेको बताउनुभयो । तर यस्ता कार्यक्रम हरु पहिले पनी धेरै भए । तर सोचे अनुरुप उपलब्धी नभएको भन्दै यस्तो कार्यक्रमहरु उपलब्धी पूर्ण हुनुपर्ने उहाँको भनेको रहेको छ ।

सता पक्षका प्रमुख सचेतक गुलाब जंग शाहले पनी संसद र संचार को सम्बन्ध नङमासुको हुनुपर्ने बताउनुभयो । हाम्रा कुराहरुलाई जनता सामु पु¥याउनको लागी मिडियोको ठुलो सहयोग रहेको उहाँको भनाइरहेको छ । यस्तै संसद मिना सिंह रखालले पनी संसद र संचारको पारस्परिक सम्बन्ध रहको भन्दै असाध्यै राम्रो कार्यक्रमको तय गरीएको बताउनुभयो ।

संसोधन गर्नुपर्ने काम भैरहेको छ : प्रतिनिधि सभाका उपसभामुख तुम्बाहाङ्फे

प्रतिनिधि सभाका उप सभामुख शिवमाया तुम्बाहाङ्फेले आजको कार्यक्रमको प्रमुख अथितिको रुपमा स्वागत मन्तब्य दिदै नेपालको संबिधानमा संसोधन गर्नुपर्ने बिषयहरुको काम भैरहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, सरकारले बिधयेक दिएपछी मात्र हामी काम सक्छौ नत्र सक्दैनौ ।

थाहाँ भाको कुराहरुलाई सेयर गर्ने र थाहाँ नभाको कुराहरु थाहाँ पाउनको लागी यो अन्तरक्रिया कार्यक्रम गरीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , संसदले नजानेका र संचारकर्मीहरुले नजानेका कुराहरुको अन्तरक्रिया गर्न यो कार्यक्रम आयोजना गरीएको हो ।

प्रशिक्षक कार्यक्रम गर्न आबश्यक : प्रमुख प्रतिपक्ष

यस्तै प्रमुख प्रतिपक्ष दलका नेता हिम बहादुर शाहीले सांसद र संचारको नङमासुको जस्तो सम्बन्ध रहेको बताउदै कर्णाली प्रदेश सभा सचिवालयमा एउटा सांसद र संचारकर्मीहरुका लागी प्रशिक्षक कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा टेलिभिजन अन्तरबार्ताको प्रयोगात्मक अभ्यास पनी गरीने छ । र स्थानिय संचारकर्मी तथा प्रदेश सभामा रिपोर्टिङ गर्ने पत्रकारहरुसंग पनी अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रतिकृया दिनुहोस्

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...