News Portal

कैलालीमा विवाहको गाडीमा आगजनी, ३ विप्लव कार्यकर्ता पक्राउ

हिमाली संचार संवाददाता
४५३ पटक

यज्ञराज उपाध्याय
कैलाली ३०, फागुन : कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्ण रुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन ।

उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सिनाका अनुसार गोदावरी क्षेत्र नजिकैबाट बिहिवार तिनजना बिप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । उनका अनुसार पक्राउ तिनै जना धनगढी तर्फ आईरहेका गाडीलाई रोकिरहेका थिए । त्यसैले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको उनले बताए ।

बिहिवार बिप्लवको नेपाल बन्द समेत भएकाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । ठुला सवारी साधनहरु बन्द गरिएका छन भने ठाउँमा बमहरु राख्ने, आगजनी गर्ने जस्ता अनैतिक क्रियाकलाप समेत भैरहेका छन ।

एसपी तिमिल्सिनाले अनैतिक काम गर्नेलाई कानुन बमोजिम कारवाही गरिने र कसैलाई पनि नछोडिने बताए । उनले जिल्लाको सुरक्षा व्यवस्ता मजबुत भएको बताउदै कहिँ पनि घटना हुन नदिने प्रहरी लागिपरेको समेत बताए । विभिन्न जिल्लाबाट कैलाली आउने गाडीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको र गोप्य सुचनाका आधारमा पनि प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...