News Portal

सरकारबाट दमन भए प्रतिरोध गर्छौं : महासचिव विप्लव

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौँ : नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले सरकारबाट दमन भए सशक्त प्रतिरोध गर्ने जनाएको छ । पार्टी महासचिवसमेत रहेका चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् ।

‘हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौं,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘दमन गरे मुखतोड प्रतिरोध गर्न हामी तयार छौं ।

‘दलाल’ हरूले तुच्छ स्वार्थका लागि राज्यका अंगहरूलाई जनताविरुद्ध जथाभावी प्रयोग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । चन्दले अरुण–३, वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गरुङको घर र एनसेललगायतमा भएको विस्फोटको जिम्मा लिएका छन् । चन्दा उठाइरहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...