News Portal

अवकास हुने समयमा फैसला नगर्न न्यायाधीशलाई प्रधानन्यायाधीश जवराको निर्देशन

हिमाली संचार संवाददाता
४२३ पटक

सन्ताेष भट्टराई
काठमाडाैं, २९ फागुन : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले सर्वोच्च, उच्च र जिल्ला अदालत तथा माताहतका न्यायाधीशलाई अवकास हुने अन्तिम दिनसम्म मुद्दाको सुनुवाइ तथा फैसला गर्ने काम नगर्न निर्देशन दिएका छन् ।

उमेर हदका कारण अवकास हुनुभन्दा एक महिना अघि न्यायाधीशहरू विदामा बस्ने प्रचलन रहेको छ । त्यस अवधिमा मुद्दाको सुनुवाइ तथा फैसला गर्नुभन्दा फैसला÷आदेशहरु तयार गर्ने र अवकासको तयारी तथा व्यवस्थापनसँग सम्बन्धित अन्य कार्य गर्न पनि निर्देशन दिएका छन् ।

अदालतमा विचौलियाको कारण सिर्जना हुन सक्ने समस्या र विचलन रोक्न त्यस्ता व्यक्तिहरुको पहिचान गरी अदालत प्रवेशमा रोक लगाउने कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन पनि भनेका छन् । प्रधानन्यायाधीश जवराले न्यायाधीशहरुलाई न्यायिक काम कारबाहीहरुको अनुगमन र नियमनलाई प्रभावकारी बनाई न्यायिक सुशासनको अभिवृद्धिमा जोड दिन पनि आग्रह गरेका हुन् ।

उनले उच्च अदालतका मुख्य न्यायाधीशलाई निर्देशन दिँदै भनेका छन्‘ मुख्य न्यायाधीशले आफ्नो र मातहतका अदालतका न्यायाधीश र कर्मचारीहरुको आचरण, अनुशासनको पालना गरे नगरेको तथा न्यायिक कामकारबाहीमा अनियमितता भए नभएको विषयमा निरन्तर अनुगमन, मुल्याङकन र निगरानी गरी सोको जानकारी गराउने र अन्यको हकमा सिफारिस सहितको प्रतिवेदन पेश गर्नु ।’

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...