News Portal

  • सिम्ता गाउँपालिकामा ११ स्थानीय तहका प्रमुखहरुको एक दिने कार्यशाला गोष्ठी

    हिमाली संचार संवाददाता
    ३९७ पटक
    दुर्गा बिसि, सल्लिबजार

    २९,फाल्गुण : सुर्खेतको सिम्ता गाउँपालिकामा स्थानीय तहका प्रमुखहरुका लागि खानेपानी गुणस्तर अनुगमन संयन्त्र सम्बन्धी एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठिमा ११ स्थानका स्थानीय तहका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

    खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोग तथा सहजीकरण र सिम्ता गाउँपालाकीको संयोजनमा आयोजना गरिएको कार्यक्रम सिम्ता गाउँपपालिका सुर्खेत,भेरीगंगा नगरपालिका सुर्खेत,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, लेकवेसि नगरपालिका, शिवालय गाउँपालिका जाजरकोट, छेडागाट नगरपालिका जाजरकोट, गुराँस गाउँपालिका दैलेख,भेरी नगरपालिका जाजरकोट, बारेकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका सल्यानका प्रमुख, उपप्रमुख, प्राविधीकहरुको उपस्थिती रहेको थियो ।

    १ दिने कार्यशालामा वर्तमान खानेपानीका समस्या, खानेपानी स्वच्छता, शुद्ध खानेपानी, खानेपानीको संरक्षण र गुणस्तरका विषमा व्यापक छलफल भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका किरण दर्नाल र इन्जीनियर दिवाकर घिमिरेले कार्यशालामा उठेका विषय वस्तुवारेमा प्रष्ट पारेका थिए ।

    स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले स्वच्छता खानेपानी मापन र गुणस्तरका विषयमा सम्वन्धीत स्थानीय तहमा उपकरण सहित दक्ष प्राविधीक आवश्यक रहेको औल्याएका थिए । स्थानीय तहमा खानेपानीको गुणस्तर मापन गर्ने प्राविधीक र प्रविधी नहुदाँ दुर दराजका नागरिकले दुषित पानी पिईरहेको वताए ।

    कुन पानी के कस्तो अवस्थामा छ भन्ने कुरा कसैलाई थाहा नहुने र यसैका कारण विभिन्न खाले रोगहरु पैदा हुने गरेको जनाए । खानेपानी संरक्षण, सुधार दिगोपनाको लागि खानेपानी सुरक्षा योजना समेत प्रस्तुत गरिएको छ ।

    सिम्ता गाउँपालिकाका अध्यक्ष तथा कार्यशालाका सभापति कविन्द्र कुमार के.सीले आफ्नो सिम्तामा खानेपानीको वर्तमान अवस्था, नागरिकले प्रयोग गरिरहेको खानेपानी र अन्य अवस्थाको बारेमा जानकारि गराउँनु भएको थियो। कार्यशाला कार्यक्रमको समापन कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासकिय अधिकृत जनकवहादुर हमालले गर्नु भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...