News Portal

सिम्ता गाउँपालिकामा ११ स्थानीय तहका प्रमुखहरुको एक दिने कार्यशाला गोष्ठी

हिमाली संचार संवाददाता
४७१ पटक
दुर्गा बिसि, सल्लिबजार

२९,फाल्गुण : सुर्खेतको सिम्ता गाउँपालिकामा स्थानीय तहका प्रमुखहरुका लागि खानेपानी गुणस्तर अनुगमन संयन्त्र सम्बन्धी एक दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठिमा ११ स्थानका स्थानीय तहका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोग तथा सहजीकरण र सिम्ता गाउँपालाकीको संयोजनमा आयोजना गरिएको कार्यक्रम सिम्ता गाउँपपालिका सुर्खेत,भेरीगंगा नगरपालिका सुर्खेत,गुर्भाकोट नगरपालिका,चिङ्गाड गाउँपालिका, लेकवेसि नगरपालिका, शिवालय गाउँपालिका जाजरकोट, छेडागाट नगरपालिका जाजरकोट, गुराँस गाउँपालिका दैलेख,भेरी नगरपालिका जाजरकोट, बारेकोट गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका सल्यानका प्रमुख, उपप्रमुख, प्राविधीकहरुको उपस्थिती रहेको थियो ।

१ दिने कार्यशालामा वर्तमान खानेपानीका समस्या, खानेपानी स्वच्छता, शुद्ध खानेपानी, खानेपानीको संरक्षण र गुणस्तरका विषमा व्यापक छलफल भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका किरण दर्नाल र इन्जीनियर दिवाकर घिमिरेले कार्यशालामा उठेका विषय वस्तुवारेमा प्रष्ट पारेका थिए ।

स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुले स्वच्छता खानेपानी मापन र गुणस्तरका विषयमा सम्वन्धीत स्थानीय तहमा उपकरण सहित दक्ष प्राविधीक आवश्यक रहेको औल्याएका थिए । स्थानीय तहमा खानेपानीको गुणस्तर मापन गर्ने प्राविधीक र प्रविधी नहुदाँ दुर दराजका नागरिकले दुषित पानी पिईरहेको वताए ।

कुन पानी के कस्तो अवस्थामा छ भन्ने कुरा कसैलाई थाहा नहुने र यसैका कारण विभिन्न खाले रोगहरु पैदा हुने गरेको जनाए । खानेपानी संरक्षण, सुधार दिगोपनाको लागि खानेपानी सुरक्षा योजना समेत प्रस्तुत गरिएको छ ।

सिम्ता गाउँपालिकाका अध्यक्ष तथा कार्यशालाका सभापति कविन्द्र कुमार के.सीले आफ्नो सिम्तामा खानेपानीको वर्तमान अवस्था, नागरिकले प्रयोग गरिरहेको खानेपानी र अन्य अवस्थाको बारेमा जानकारि गराउँनु भएको थियो। कार्यशाला कार्यक्रमको समापन कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासकिय अधिकृत जनकवहादुर हमालले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...