News Portal

सरकारले विप्लवलाई लगाइएको प्रतिबन्ध फिर्ता लिन क्रान्तिकारी माओवादीको माग

हिमाली संचार संवाददाता
४३१ पटक

काठमाडौं, २९ फागुन : नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ । अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।

सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ । सरकारले मंगलबार साँझ मात्रै विप्लव समूहलाई अपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...