News Portal

राजपाले दियो संसद बैठक चल्न नदिने चेतावनी

हिमाली संचार संवाददाता
५११ पटक

काठमाडौं २९, फागुन : राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्न लागेको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने निर्णय गरेको छ । संसद बैठक दिउँसो १२ बजे बस्दैछ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक अवरुद्ध पारिने राजपा नेता एवं सांसद राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।

‘हामीले अघिल्लो बैठकमै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् भनेका थियौं । यसबारेमा सभामुखलाई ध्यानाकर्षण गराइएको थियो’ यादवले भने, ‘सरकारले प्रतिवेदन सार्वजनिक गरेन, त्यसैले आजको बैठक चल्न दिइन्न ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन । राजपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने सरकारसँग माग राख्दै आएको छ ।

साथै, हाल जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीविरुद्ध जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएपछि राजपा थप आक्रोशित बनेको छ । सांसद चौधरीमाथि जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि राजपाले यसअघि नै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइसकेको छ ।

उसले चौधरीलाई रिहाई नगरिए सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रमबारे छलफल गर्न राजपाका शीर्ष नेताहरुको बैठक मंगलबारदेखि राजधानीमा बसिरहेको छ । बैठक विहीबार पनि जारी रहने राजपा नेता यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...