News Portal

डनको घेराभित्र वडाध्यक्ष, समाचार लेख्ने पत्रकारको औला काट्ने धम्की !

हिमाली संचार संवाददाता
४५६ पटक

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका–४ का वडाध्यक्ष तीलकबीर सुनार निकटका एक व्यक्तिले पत्रकारहरूका औला काटेर कुकुरलाई खुवाइदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत धम्की दिएका छन् । वडापालिकाबाट दिनुपर्ने सिफारिस कानून विपरित रोक्न खोजेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि ती व्यीक्तले वडाध्यक्ष सुनारको आडमा सामाजिक सञ्जालमा यस्तो धम्की दिएका हुन् ।

फेसबुकमा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका अपरिचित व्यक्तिले मुखमा समातेर ब्लेडले काटेर रगत निकालिदिने धम्कीसमेत दिएका छन् । उनले तिलकबीर सुनारको प्रतिक्रियामा जवाफ दिँदै लेखेका छन्, ‘दाजु भन्नु मात्र अन्धो भएर समाचार प्रकाशन गर्ने को हो ? लेख्नेको हातको औला काटेर कुकुरलाई खुलाइदिन्छु । त्यस्तालाई मुखमा समातेर ब्लेडले काटेर रगत निकाल्न मन छ । त्यस्ता खातेहरूलाई ठाडो चुनौती छ ।

उनको यो प्रतिक्रियाले वडाध्यक्ष सुनारको सहायतामा ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्ति अपराधिक गतिविधिमा समेत संलग्न हुने गरेको आशंका गर्न सकिन्छ । ‘कठ्लिन कृष्ण किरण’ नाम गरेका व्यक्तिले वडाध्यक्षको इसारामा कुनै पनि पत्रकारमाथि आक्रमण गर्न सक्ने सामाजिक सञ्जालमा आएको यो प्रतिक्रियाले थप आशंका बढाएको छ ।

स्थानीय तहले आमनागरिकका लागि पायक पर्ने स्थानमा केन्द्र नराखेर आफ्नो घर नजिकै वडापालिकाको केन्द्र राखेका सुनारले आइतबारमात्रै सोही वडाको ईगाउँबाट शमसानघाट ब्यवस्थापन समिति दर्ताका लागि सिफारिस लिन पुगेका समितिका अध्यक्ष उज्जवल विसीलाई गाउँपालिकाको केन्द्रबाट सिफारिस लिनुहोस्, मैले सिफारिस दिन्न भन्दै फिर्ता पठाएका थिए ।

अध्यक्ष सुनारले वडापालिकाबाट दिने सेवा समयमै नदिएर सेवाग्राहीलाई दुःख दिएको वडाका नागकिरले यसअघि बताएका थिए । उक्त समाचार नेपालगन्जबाट प्रकाशित विभिन्न अनलाईन तथा दैनिक पत्रिकाले प्रकाशन गरेका थिए । यसअघि पनि अध्यक्ष सुनारले वडाको विकासको नाममा गैरकानूनी रूमपा रोलर खरिद गरेको र गाउँपालिका हाताभित्र आफूखुशी राखेपछि उनी निकैै विवादमा आएका थिए ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11293

दादागिरी शैलीमा अघि बढिरहेका अध्यक्ष सुनारले पछिल्लो पटक पत्रकारहरूलाई समाचार नलेखि आफ्नो काबुकमा ल्याउन धम्कीशैली अपनाउँदै दोस्रो व्यक्ति प्रयोग गरेका छन् । अध्यक्ष सुनारले वडापालिका कार्यालय आफ्नै घर नजिक राखेपछि अहिले उक्त वडाका नागरिक आक्रोशित बनेका छन् । वडा कार्यालय आफ्नै घर नजिक राखेर वडाअध्यक्षले मस्ती गरेका छन एक स्थानीयले भने, ‘गाउँलेलाई भने सास्ती छ ।

अध्यक्ष सुनार दादागिरी शैलीमा अघि बढिरहेका छन्,’ उनले भने ‘बेकारमा मत दिएर अहिले पछुतो मात्रै भएको छ ।’ अध्यक्ष नीतिगत सेवा प्रवाहमा समेत विभेदकारी देखिएका छन् । जनप्रतिनिधीकै आडमा यसरी धम्की आएपछि नेपालगन्जका क्रियाशिल पत्रकारले उक्त धम्कीप्रति आपत्ति जनाउँदै बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलसमक्ष पत्रकारहरू जनप्रतिनिधीबाटै असुरक्षित हुँदै गएको जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...