News Portal

सिके राउतसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गनुपर्छ : सभापति देउवा

हिमाली संचार संवाददाता
४३७ पटक

अमृत सुवेदी
पोखरा २८ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए ।

नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैनौं ।’

सिके राउतले जनमत संग्रह भनेर बोलिरहेको, तर प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डनसमेत नगरेको भन्दै देउवाले आपत्ती जनाए । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ । यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भने, ‘राष्ट्रघात गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।

अलग्गै देशबाट सहमति लिएजसरी सिकेले बोलिरहेको देउवाले बताए । ‘सिके राउतले अलग्गै देश बनाउन सहमति भन्छ त, मैले भनेको कुरा होइन,’ देउवाले भने, ‘देश टुक्राउने कुरा गरेको छ, मूलधारमा आएको भए त्यसो भन्थे ?

सिके राउतले कसरी बोलिरहेका छन्, त्यतातिर हेर्न देउवाले आग्रह गरे । ओली सरकारले संघीयतालाई कमजोर बनाउने काम गरिरहेको देउवाले बताए । ‘प्रजातन्त्रको खिलापमा अधिनायकवाद ल्याउँदै छ ओली सरकार,’ देउवाले भने ।

प्रतिपक्ष कमजोर भयो भन्ने पत्रकारको सवालको देउवाले प्रतिकार गरे । ‘भोट हाल्ने बेलामा एमालेलाई हाल्ने अनि कांग्रेस कहाँ गयो, कहाँ गयो भन्ने ?,’ देउवाले भने, ‘हामी एमालेजस्तो तीन महिना संसद नै चल्ने नदिने पार्टी त होइनौं नि । अब सशक्त आन्दोलन गर्छौं ।

कस्तो सशक्त आन्दोलन भन्ने कुरा गरेपछि थाहा हुने उनको भनाइ थियो । ओली प्रधानमन्त्री भएको एक वर्ष बितिसक्दा एउटा पनि देखाउनलायक राम्रो काम नगरेको देउवाले दाबी गरे । फौजदारी संहिताको नाममा प्रजातन्त्र र प्रेसलाई नियन्त्रण गर्ने र अधिनायकवादमा लैजाने काम गरिरहेको उनको आरोप छ ।

कार्यक्रममा पोखराको गण्डकी मेडिकल कलेजको प्रश्न आउनेबित्तिकै देउवा एकाएक जंगिए । डा. गोविन्द केसीको मागका विषयलाई लिएर सडक आन्दोलन गरेको कांग्रेस पाँच सयभन्दा बढी विद्यार्थीले लामो समयदेखि गरिरहेको आन्दोलनप्रति भने किन मौन छ ? भन्ने प्रश्न पत्रकारहरुले सोधेका थिए ।

कलेजका सञ्चालक खुमा अर्यालसँग पनि कांग्रेस र देउवालाई समेत जोड्न थालिएको पत्रकारको प्रश्नपछि देउवाले आक्रोशित हुँदै भने, ‘कहाँबाट आयो त्यो कुरा ? मैले के बोल्नुपर्‍यो ? म किन जोडिने ? चिकित्सा विधेयक नै मैले ल्याएको होइन ? एमालेको बोर्डर नायकलाई किन भएन कारबाही ? सबैलाई हुनुपर्‍यो नि ।

कार्यक्रममा सहभागी कांग्रेसका अन्य नेताले भने सभापति देउवालाई त्यो कुरा थाहा नभएको बताउँदै विषयान्तर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...