News Portal

विप्लवका कार्यकर्ता उच्च अदालतको आदेशपछि रिहा

हिमाली संचार संवाददाता
४८३ पटक

दाङ : उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएको दुर्गालाल केसीले कान्तिपुरमा समाचार लेखेका छन।

प्रहरीले उनीहरुलाई फागुन २१ गते तुलसीपुरमा आयोजित सहिद, बेपत्ता, घाइते, अपांग परिवारलाई अभिनन्दन कार्यक्रमबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका प्रदिपबहादुर वलीकी श्रीमती रमिता वलीले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई विपक्षी बनाई दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश रामबहादुर थापाको इजलाशले उनीहरुलाई गैरकानूनी थुनामा राखेको ठहर गर्दै मुक्त गर्न आदेश दिएको हो ।

पक्राउ गर्नु र थुनामा राख्नुको कुनै औचित्य र वैधता नदेखिएको भन्दै आदेशमा नेपालको संविधान र मुलुकी देवानी कार्यविधि संहिता ऐनले प्रत्येक व्यक्तिलाई कानुनको अधिनमा रही विचार अभिव्यक्त गर्ने र बिना हातहतियार शान्तिपूर्ण भेला गर्न पाउने अधिकार सुरक्षित गरेकाले विनाकारण थुनामा राख्न नमिल्ने उल्लेख गरिएको छ । पक्राउ परेका व्यक्तिहरु विना हातहतियार शान्तिपूर्ण कार्यक्रममा सहभागी भएको र उनीहरुको साथबाट कुनै पनि कानुन विपरितका सामग्री फेला नपरेकाले थुनामा राख्नु औचित्यपूर्ण नहुने आदेशमा भनिएको छ ।

आदेशमा प्रहरीलाई आगामी दिनमा कानुनी पक्रिया पुर्‍याएर मात्र पक्राउ र अनुसन्धान गर्न मार्गदर्शन हुनेगरी व्याख्या गरिएको छ । मुद्दा हेर्ने अधिकारीबाट पक्राउ पूर्जी जारी गर्ने अनुमति लिई पक्राउ गर्नुको सट्टा जरुरी पक्राउ पूर्जी जारी गरिएको र परिस्थिती हेर्दा त्यस्तो अवस्था नदेखिएको हुँदा विपक्षीबाट गरिएका काम कानुन सम्मत नदेखिएको आदेशमा भनिएको छ । यसबाट विशेष परिस्थिती परी तत्काल पक्राउ गर्ने विशेष अधिकारको दुरुपयोग भई व्यक्तिको स्वेच्छाचारी पक्राउ र थुनाविरुद्धको अधिकार कुण्ठित हुने आदेशमा उल्लेख छ ।

कानुन विपरित कसैले गतिविधि गरेमा पर्याप्त तथ्य र प्रमाणका आधारमा पक्राउ गर्नसकिने उल्लेख गर्दै आदेशमा त्यस्तो पक्राउ र अनुसन्धान गर्दा कार्यविधि कानूनको अक्षरशः पालना गर्नुपर्नेतर्फ विपक्षीलाई सचेत गराइएको छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...