News Portal

  • फेसबुकमा क्विज खेल्दा ६० हजार प्रयोगकर्ताको डाटा लिक

    हिमाली संचार संवाददाता
    ४४० पटक

    एजेन्सी : युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् । अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका हुन् । फेसबुकले ती दुई युवाविरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्यको खुलासा भएको हो ।

    समाचार अनुसार एन्ड्रयू गोबूेकोभ र ग्लेब स्लक्वेस्कीले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा विभिन्न खालका अनधिकृत विज्ञापनहरु देखाउनका लागि एक ब्राउजर एक्सटेन्सनको प्रयोग गरेका थिए । त्यसका लागि उनीहरुले फेसबुक प्रयोगकर्तालाई हाजिरीजवाफको प्रयोग गरी लोभ्याएका थिए । प्रयोगकर्ताले फेसबुकमा उनीहरुले राखेको अनलाइन क्विजमा भाग लिएसँगै वेब ब्राउजरमा उक्त एक्सटेन्सन इन्स्टल हुन्थ्यो ।

    उक्त ब्राउजर एक्सटेन्सनलाई यस्तो रुपमा तयार गरिएको थियो कि जब एप प्रयोगकर्ता फेसबुक वा अन्य कुनै सोसल मिडिया नेटवर्किङ्ग साइटमा लगइन गर्दछ तब उसको अकाउन्टका जानकारीहरु चोरिन्छन् र लिक हुन्छन्, जसका कारण प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा अनधिकृत विज्ञापनहरु पनि देखा पर्दछन् । ती दुईज्ना युवकहरुले वेब सन ग्रुप नामक कम्पनी सञ्चालन गरिरहेका थिए ।

    युक्रेनको किभमा बस्ने ती दुई युवाले ह्याकिङ्ग प्रतिरोधी कानूनको उल्लंघन गरेको र उनीहरु विरुद्ध फेसबुकको नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरिएको फेसबुकले जनाएको छ ।

    उनीहरुले खासगरी रुसी भाषी फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरेको बताइएको छ । फेसबुकका अनुसार ती दुई युवाले कूल ६३ हजार फेसबुक प्रयोगकर्ताद्वारा ब्राउजर एक्सटेन्सन इन्स्टल गराएर डाटा लिक गराउन सफल भएका र अनधिकृत विज्ञापन प्रकाशन बाट फेसबुकलाई ७५ हजार डलर नोक्सान भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...

    मनमैजुमा लाखौँ मूल्यका गहना र नगद चोरी

    काठमाडौँ, भदौ ४ – राजधानीको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित मनमैजुमा मंगलबार दिउँसो ठूलो चोरीको घटना घटेको...

    आज २०८२ साल भदौ ४ गतेको राशिफल

    आज भदौ ४, २०८२ (अगस्त २०, २०२५) को राशिफल  मेष (चु, चे, चो, ला, लि,...

    जनता क्याम्पस रंगेलीले छात्र–छात्राहरुलाई सम्मान गर्‍यो

    रविन्द्र बराल/ मोरङ, भदौ ३ – मोरङको रंगेली नगरपालिका–७ मा २०४४ सालमा स्थापना भएको जनता...

    असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य – यातायात विभागको सूचना

    काठमाडौं, भदौ ३ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले असोज १...