News Portal

फेसबुकमा क्विज खेल्दा ६० हजार प्रयोगकर्ताको डाटा लिक

हिमाली संचार संवाददाता
५५५ पटक

एजेन्सी : युक्रेनमा बस्ने दुईजना युवकहरुले एक अनलाइन क्विजका माध्यमबाट ६० हजारभन्दा धेरै फेसबुक प्रयोगकर्ताको फेसबुक प्रोफाइल डाटा चोरी गर्न सफल भएका छन् । अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका हुन् । फेसबुकले ती दुई युवाविरुद्ध मुद्दा दायर गरेसँगै यो तथ्यको खुलासा भएको हो ।

समाचार अनुसार एन्ड्रयू गोबूेकोभ र ग्लेब स्लक्वेस्कीले प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा विभिन्न खालका अनधिकृत विज्ञापनहरु देखाउनका लागि एक ब्राउजर एक्सटेन्सनको प्रयोग गरेका थिए । त्यसका लागि उनीहरुले फेसबुक प्रयोगकर्तालाई हाजिरीजवाफको प्रयोग गरी लोभ्याएका थिए । प्रयोगकर्ताले फेसबुकमा उनीहरुले राखेको अनलाइन क्विजमा भाग लिएसँगै वेब ब्राउजरमा उक्त एक्सटेन्सन इन्स्टल हुन्थ्यो ।

उक्त ब्राउजर एक्सटेन्सनलाई यस्तो रुपमा तयार गरिएको थियो कि जब एप प्रयोगकर्ता फेसबुक वा अन्य कुनै सोसल मिडिया नेटवर्किङ्ग साइटमा लगइन गर्दछ तब उसको अकाउन्टका जानकारीहरु चोरिन्छन् र लिक हुन्छन्, जसका कारण प्रयोगकर्ताको फेसबुक न्यूज फिडमा अनधिकृत विज्ञापनहरु पनि देखा पर्दछन् । ती दुईज्ना युवकहरुले वेब सन ग्रुप नामक कम्पनी सञ्चालन गरिरहेका थिए ।

युक्रेनको किभमा बस्ने ती दुई युवाले ह्याकिङ्ग प्रतिरोधी कानूनको उल्लंघन गरेको र उनीहरु विरुद्ध फेसबुकको नियम उल्लंघन गरेको अभियोगमा मुद्दा दायर गरिएको फेसबुकले जनाएको छ ।

उनीहरुले खासगरी रुसी भाषी फेसबुक प्रयोगकर्ताहरुलाई लक्षित गरेको बताइएको छ । फेसबुकका अनुसार ती दुई युवाले कूल ६३ हजार फेसबुक प्रयोगकर्ताद्वारा ब्राउजर एक्सटेन्सन इन्स्टल गराएर डाटा लिक गराउन सफल भएका र अनधिकृत विज्ञापन प्रकाशन बाट फेसबुकलाई ७५ हजार डलर नोक्सान भएको छ ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...