News Portal

स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डासहित देखिए जनकपुरमा सिके राउतका सुरक्षा गार्ड !

हिमाली संचार संवाददाता
४२७ पटक

फागुन २६, जनकपुरधाम : मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्‍याली निकालेका छन् । नेताहरुका अनुसार सिके राउतले जानकी मन्दिर पुगेर पूजापाठ गर्ने कार्यक्रमसमेत रहेको छ ।

राउतले र्‍यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका छन् ।

स्वतन्त्र मधेशको झन्डाको प्रयोग !

सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरिएको छ। सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेका छन् ।

मास्क लगाएका सुरक्षा गार्ड !

राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।

उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् ? भन्ने कुरा खुलेको छैन । यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...