News Portal

स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डासहित देखिए जनकपुरमा सिके राउतका सुरक्षा गार्ड !

हिमाली संचार संवाददाता
४०९ पटक

फागुन २६, जनकपुरधाम : मूलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सिके राउतको समर्थनमा स्वतन्त्र मधेश गठबन्धनले जनकपुरमा र्‍याली निकालेको छ । विमानस्थलमा उनलाई स्वागत गर्दै समर्थकहरुले र्‍याली निकालेका छन् । नेताहरुका अनुसार सिके राउतले जानकी मन्दिर पुगेर पूजापाठ गर्ने कार्यक्रमसमेत रहेको छ ।

राउतले र्‍यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका छन् ।

स्वतन्त्र मधेशको झन्डाको प्रयोग !

सरकारसँग स्वतन्त्र मधेसको पर्चा, पम्पलेट र झण्डा प्रयोग नगर्ने सहमति गरेको गठबन्धनले जनकपुरमा भने गठबन्धनको झण्डा प्रयोग गरिएको छ। सरकारसँग भएको ११ बुँदे सम्झौताको बुँदा नम्बर ६ मा झण्डासहित पर्चा, पम्पलेट, किताब उत्पादन तथा बितरण नगरिने उल्लेख गरिए पनि राउतलाई विमानस्थलमा स्वागत गर्न गएका कार्यकर्ताहरुले ‘फ्री मधेस’ को झण्डा बोकेका छन् ।

मास्क लगाएका सुरक्षा गार्ड !

राउतको सुरक्षाका लागि भन्दै गार्ड समेत प्रयोग गरिएको छ । राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधिएको, आँखामा चश्मा लगाइएको र मास्कले मुख छोपेका छन् ।

उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । उनीहरु कहाँबाट र किन ल्याइएका हुन् ? भन्ने कुरा खुलेको छैन । यद्यपि स्वतन्त्र मधेस गठबन्धनका नेताहरुले राउतको अघिपछि भीडभाड हुन नदिन गार्डहरु खटिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...