News Portal

सात ठाउँमा भाँचियो पोखरा प्रवेशद्वारको पुल

हिमाली संचार संवाददाता
३८२ पटक

विकास रोका मगर/पोखरा : साविक लेखनाथ नगरपालिकाबाट पोखरा शहर जोड्ने विजयपुर खोलामाथिको पुल चर्किएपछि धेरै लोड बोकेको गाडीमा प्रतिबन्ध लगाइएको छ । पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एकमात्र पुल ७ ठाउँमा चर्किएपछि १० टन भन्दा बढी भार बोकेका गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको हो ।

पुलका बटमकड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाँचिने खतरा छ । ७४.२ मिटर लामो पुलको तत्काल मर्मत नगरे चाँडै भत्किने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । पुलमा खिया लाग्न र रङ खुइलिन थालेपछि रङ लगाउन थालेका थियौं । त्यहीबेला पुल जोखिममा रहेको भेट्यौं,’ कार्यालय प्रमुख हरिकुमार पोखरेलले भने, ‘बेलैमा पुनर्निर्माण नगर्ने हो भने पुल भत्किने सम्भावना छ ।

कार्यालयले पुलमा टेको लगाएरै चर्किएका ठाउँमा मर्मत गरिरहेको छ । तत्काल स्थायी मर्मत भने गर्न नसकिने जनाएको छ । ‘आवतजावतका लागि अन्य वैकल्पिक पुल छैन । स्थायी पुल बनाउन लामो समय लाग्ने देखिन्छ,’ पोखरेलले भने, ‘हामीले अहिले कसरी छिटो हुन्छ, तत्काल अस्थायी तरिकाले बनाउने कोशिस गरिरहेका छौं ।

पुलको पुनर्निर्माण र लागतबारे अध्ययन गर्न शुक्रबार पुल महाशाखाका प्रमुख दीपककुमार भट्टराई, सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्य र पुल्चोक इन्जिनियरिङ क्याम्पसका सिभिल इन्जिनियर प्रमुख भरत मण्डलको टोली आएको थियो । टोलीले अध्ययन प्रतिवेदन बुझाउन एक महिना लाग्ने सडक डिभिजन कार्यालयले बताएको छ ।

पोखरा महानगरपालिका– २६ का वडाध्यक्ष नारायण बरालले पुलमा हेभी गाडी चलाउन नमिल्ने भएपछि खोलाबाटै वैकल्पिक बाटो बनाउन लागेको जानकारी दिए । ‘सोमबारसम्ममा खोलाबाटै डाइभर्सन भइसक्छ । त्यसपछि हेभी गाडी खोलाबाट र लाइट गाडी पुलबाटै आवतजावत गर्न सक्छन्,’ उनले भने ।

२०६४ सालदेखि सञ्चालनमा आएको स्टिल ब्रिज प्रविधिमा बनाइएको पुलमा दैनिक ६ हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको पुलमा गोल्छा अर्गनाइजेसनको हुलास इन्जिनियरिङले पुल फिटिङ गरेको थियो ।

पुरानो ट्रस्टको पुल जीर्ण भएकाले त्यस्को विकल्पमा स्टिल ब्रिज बनाइएको थियो । पुरानो ट्रस्टपुलको आधाभाग अझैं त्यहीं प्रयोगविहीन छ । २०६४ सालमा पक्की पुल प्रयोगमा आएपछि उक्त ट्रस्ट पुलको आधा भाग साविक लेखनाथ नगरपालिका २ र साविक भरतपोखरी गाविस ३ जोड्ने सेती नदीको पशुपति घाटमा लगिएको थियो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...