News Portal

  • अर्थमन्त्रीमाथी मिनेन्द्रको काउन्टर एट्याक !

    हिमाली संचार संवाददाता
    ६१४ पटक

    काठमाडौं : अर्थमन्त्री युवराज खतिवडामाथि प्रमुख प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले ‘काउन्टर एट्याक’ गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने बेलामा अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेको विषयलाई नै दोहो¥याउँदै रिजालले मन्त्रीमाथि ‘काउन्टर एट्याक’ गरेका हुन् ।

    सरकारको ६ महिनाको प्रतिवेदन माथि टिप्पणी गर्दै नेता रिजालले अर्थमन्त्रीले श्वेतपत्रको बुँदा नं ४० मा लेखेको जस्तै समग्रमा अर्थतन्त्र अहिले पनि विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको बताएका छन् । उनले अर्थमन्त्रीमाथि प्रश्न गरे ‘अहिले पनि अर्थतन्त्र मन्त्रीको श्वेतपत्रमा उल्लेख भएको जस्तै चक्रब्यूहमा रुमलिएको छ । केही सुधार भएको छ त अर्थमन्त्री ज्यू ?

    अर्थमन्त्रीले आफ्नो ६ महिनाको कामको प्रतिवेदनमा कृषि उत्पानमा बृद्धि, रेमिट्यान्समा बृद्धि, पुँजीगत खर्चमा बृद्धि जस्ता विषयहरु देखाएर आर्थिक बृद्धिको लक्ष्य पुग्छ भनेको प्रति नेता रिजालले प्रतिवाद गर्दे भनेका छन् ‘यो वर्ष धानको उत्पादन मात्रै ९ प्रतिशत बढेको छ । यो हरेक वर्ष बढ्ने घट्ने भईरहन्छ । उद्योग क्षमता विस्तार कति भयो ?

    अघिल्लो वर्ष यही समयमा पर्यटक आवागमन २५ प्रतिशतले बढेकोमा यो वर्ष २४ प्रतिशतले मात्रै पर्यटक बढेको, विप्रेषण आप्रवाह अघिल्लो वर्ष घटेकोमा यो साल बढेको, विप्रेषणमा आधारित भएर आयात बढेको र अघिल्लो पटक १५ प्रतिशतले बढेको आयात यो पटक ३१ प्रतिशतले बढेको तथ्यांक पनि रिजालले संसदमा पेश गरेका छन् ।

    ‘अहिले आयात बढेको आधारमा राजश्व २१ बाट २६ प्रतिशतमा पुगेको, व्यापारघाटा बढेको, शोधनान्तर घाटा झण्डै ७० अर्बले बढेको छ ।’ संसदमा रिजालले भने ‘श्वेतपत्रमा लेखेको जस्तै बुँदा ४० मा समग्रमा अर्थतन्त्र विप्रेषण आय, आयात र उपभोगको चक्रब्यूहमा रुमलिएको छ । त्यो चक्रब्यूहबाट अर्थमन्त्री ज्यू अर्थतन्त्रलाई कसरी पु¥याउनु भयो त ? केही आधार देखिएन।

    रिजालले संसदमा भने ‘त्यत्रो डंका बजाएर आएको सरकारले बजेट संशोधन गरी ८५ प्रतिशत मात्रै खर्च गर्न सक्छु भन्यो, अझ पुँजीगत खर्च त मात्रै ७० प्रतिशत रे । अहिलेसम्म चालू खर्च ३५ प्रतिशत भयो । पुँजीगत खर्च १७.७ प्रतिशत मात्रै छ । अघिल्लो वर्षको यो अवधिमा १४.३ प्रतिशत भएको थियो । कति प्रतिशत भयो त ? खासै फरक छैन ।

    यसरी ठूलो मत लिएर आएको सरकारले अपेक्षित उपलब्धी हाँसिल गर्न नसकेको उनको आरोप छ । सरकारको वर्षदिन पनि ठट्टैमा वितेको भन्दै अतिरञ्जीत कुरा छाडेर सहकार्यको हात फैलाए काँग्रेस पनि विकासको काममा सरकारलाई जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको पनि रिजालले बताएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...