News Portal

समुुदाय प्रहरी साझेदारी कार्यक्रम सुनवर्सिमा सम्पन्न

हिमाली संचार संवाददाता
४१६ पटक

समुुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर ले शुक्रबार मोरङको सुुनवर्सी नगरपालिका ८ मा निशुुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एकदिने शिविरमा ११ सयजनाको निशुुल्क स्वास्थ्य परिक्षण गर्नुुकासाथै औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा सुुनवर्सी ८ स्थित महेन्द्र आधारभुुत विद्यालय कुुडेलीका १ सय ८२ जना छात्रछात्रालाई स्टेशनरी समान समेत वितरण गरिएका थिए। प्रहरी नायव महानिरिक्षक केदार रिजालले विरामीलाई निशुुल्क औषधि तथा छात्रछात्रालाई स्टेसनरीका सामान वितरण गर्नुु भएको थियो ।

कार्यक्रममा प्रहरी नायव माहानिरिक्षक रिजालले समुुदायसंग चियापान गर्नुका साथै स्थानिय संग शान्ती सुुरक्षाको अवस्थावारे अन्तरक्रिया समेत गर्नुु भयो । कार्यक्रमा वोल्दै उहाले नेपाल प्रहरी जनताका शुुखदुुखका साथी भएको वताउनुुभयो।

त्यस्तै सुुनवर्सी नगरपालिकाका मेयर कालिप्रसाद दासले जनताको घरदैलोमा आएर सेवा पुु¥याएको नेपाल प्रहरीलाई धन्यवाद समेत दिनुुभए काे थियोे । एसपी मनोज केशीले जनतालाई केन्द्रविन्दुु मानेर प्रहरीले जनताको घरदैलोमा पुुगेर काम गरिरहेको वताउनुुभयो।

कार्यक्रममा रंगेली प्रहरी प्रमुख कबिन्द्र कार्की, जनप्रतिनिधि, बुद्धिजीवी, स्थानीय लागायतकाे समेत उपस्थित रहेको थियोे। समुुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नेपाल प्रहरीले बिगत ५ महिना देखि अभियान संचालनगरी समुुदायमा पुुगेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...