News Portal

मौलिक तीज गीतको स्वाद”झुम झुम झुम्काना कानैको” साथमा गायिका मन्जु गौतम बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
८०३ पटक

राजु बोहरा–काठमाडौँ । मौलिक तीज गीत हरायो, अब रत्यौलीमा प्रयोग गर्ने भाकाहरु मात्र तीज गीतको नाममा बजारमा आउन थाले भन्ने सबैको गुनासो आइरहेको बेला, पछिल्लो पटक नेपाली सांगीतिक क्षेत्रमा क्रियासिल कलाकारहरुले आफ्नै कला संस्कृति र मौलिकता भित्र आधारित तीज गीतहरु बजारमा ल्याउन थालेका छन् ।

सोहि क्रममा बिगत निकै लामो समय यता देखि, यसै क्षेत्रमा क्रियासिल लोकप्रिय गायिका मन्जु गौतमले पनि आफ्ना सम्पूर्ण श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै एक तीज गीत सार्बजनिक गर्न भ्याएकी छिन् । बिभिन्न स्टेज कार्यक्रम तथा तयारी लोक तथा दोहोरी गीतहरु बाट लोकप्रियता बटुल्न सफल उनको यो तीज गीत “झुम झुम झुम्काना कानैको” बोलको रहेको छ ।

नेपाली गीत संगीतको धरासाही बजार र कुनै पनि गीत तयार गरेर कम्पनीलाई जिम्मा लगाए पछी हात लाग्यो सुन्य हुने भए पछी, गायिका मन्जुले यस गीतलाई आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी छिन् । गत दिनका प्रस्तुति हरुलाई जे जसरी मन पराइदिनु भयो, उसै गरेर यस तीज गीतलाई पनि पनि पराएर सबैले सबै माझ पुर्याउन सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा उनि ढुक्क रहेकी छिन् । मन्जु गौतम द्वारा स्वर बद्ध “झुम झुम झुम्काना कानैमा” बोलको गीतलाई लय नरहरी प्रेमीले तयार पारेका हुन् भने शब्द माधब भण्डारीको रहेको छ ।

सम्पूर्ण हिन्दु नेपाली नारीहरुलाई हरितालिका तीज २०७५ सालको शुभकामना सहित तीजकै बहानामा यस गीतको माधुर्यता बाट बर्षभरिको थकान मेटाउने एक माध्यम होस् भन्दै बजारमा पठाईएको यस गीतको म्युजिक भिडियोमा आकर्षक नृत्यको साथमा सुष्मिता कार्की र आयुष्मा कार्की देखिएकी छिन् । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गीत संग सम्बधित सम्पूर्ण कलाकारहरुमा सफलता शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...