News Portal

रंगेली मालपाेत कार्यलयमा कर्मचारीकाे ब्रमलुट !

हिमाली संचार संवाददाता
३९३ पटक
रबिन्द्र बराल, मोरङ

माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मालपोत कार्यलयका कर्मचारीहरुले सेवाग्राहीहरु संग राजस्व भन्दा बढि रकम लिने गरेको पाईएकाे छ। कार्यलय बाट जग्गा नाम सारी, हालसाबिक, राजिनामा जस्ता विभिन्न कामहरु हुने गरेको छ ।

कार्यलयबाट रंगेली नगरपालीका, सुनवर्सि नगरपालिका, सुनवर्सि नगरपालिका र धनापालथान गाउँपालिकाकाे साेराभाग र अमाहिबर्यातीका सर्वसाधारण सेवा लिदै अाईरहेका छन ।

असाेज ११ गतेदेखि नेपाल सरकारले सम्पुर्ण मालपोत कार्यलय अनलाइन प्रणालीमा लागू नहुदा दैनिकी ६० देखि ७० जाना सर्वसाधारण हरुले सेवा लिएता पनि अनलाइन प्रणाली लागू भए पछि दैनिकी ३० देखि ४० जना मात्रैकाे काम हुने गरेको छ । दैनिकी १लाख देखि २ लाख रुपैयाँ सम्म राजस्व संङ्कलन हुने गरेको छ ।

साे कार्यलयकाे रजिस्टेेेेसन फाँटका कर्मचारीहरुले हरेक सर्वसाधारणहरुबाट राजस्व रकम लिएता पनि कर्मचारी थप ५ सय रुपैयाँ रकम लिए पछि मात्रै काम गर्ने गरेका छन भने कम्पुटर फाँटमा समेत रकम नलिकन काम अगाडि नबढाउने एक सेवा ग्राहीले बताए ।

उक्त कार्यलयमा १५ जाना कर्मचारी काे दरवन्दि रहेता पनि अहिले ७ जना कर्मचारीहरुले काम गर्ने बाध्य रहेका छन भने अरु फाँटमा कर्मचारी नहुदा काम गर्ने बडि समस्य रहेको कार्यलय का प्रमुख उत्तम श्रेष्ठले बताए। उक्त कार्यलयमा कार्यरत कर्मचारीहरुले रंगेलीमा रहेकाे सहकारी संस्थाहरुमा समेत दैनिकी पैसा जम्मा गर्ने गरेका छन।

तपाईं अाफै अनुमान लगाउनुहाेस, के दैनिकी बचत गर्ने रकम कहाँबाट अाउछ हाेला ? कार्मचारीहरुले दैनिकी १ सय रुपैयाँ देखि ५ सय रुपैयाँ सम्म रकम जम्मा गर्ने गरेकाेे श्रोतकाे दावी छ ।

गणेश साहकाे गुम्तिमा अागलागी, ३ लाख बराबरको क्षति !

माेरङकाे रंगेली नगरपालिका ७ स्थित पिपल चाेक नजिकै एक गुम्तिमा बिहीबार अागलागी हुदा ३ लाख रुपैयाँ बराबरको क्षती भएको छ । बिगत २५ बर्ष देखि गुम्तिमा किराना पसल सन्चालन गर्दे अाईरहेका स्थानीय गणेश साह पसलमा बुधबार बेलुकी ९ बजे बिधुत सट भई अागलागी भएको हाे।

अागलागी हुदा पसलमा रहेको नगद, सावुन, तेल, बिष्कुट, चिनि लगायत समाग्रीहरु जलेर नष्ट भएको साहले बताए। स्थानीयले केही घण्टाकाे प्रयासपछि अागाे नियन्त्रण लिएको स्थानीय नवीन साहले बताए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...