News Portal

  • एक सातादेखि वेपत्ता प्रहरी जवान घर्ती मृत फेला

    हिमाली संचार संवाददाता
    ५५६ पटक

    तनहुँ : एक सातादेखि वेपत्ता एक प्रहरी मादी नदीमा मृत अवस्थामा भेटिएको थाहाखबरले जनाएको छ। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्युठान घर भएका २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    मगरको कुरिनटारबाट आएको शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोथाखोर टोलीले खोजी गर्ने क्रममा चौकी नजिकै रहेको नदीको रहमा ढुंगाको खोचमा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    पोखराबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर प्रहरीको टोलीले सम्भावित क्षेत्रहरुमा खोजी गर्दा पनि पत्ता लगाउन सकेको थिएन,’ उनले भने ‘कुरिनटारबाट आएका सशस्त्र प्रहरीको उद्धार टोलीले नदीको खोँचमा शव भेटाएको हो।

    फागुन १५ गते राति १० वजे ड्युटी सकेर चौकीका घरधनी शैलेन्द्र घिमिरेसँग निस्केका प्रहरी जवान मगर एक्कासी वेपत्ता भएका थिए। घिमिरे घर फर्केर आए पनि प्रहरी जवान मगर वेपत्ता भएका थिए। घटना शङ्कास्पद भएकाले घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...