News Portal

मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालकाे ब्रहम लुट

हिमाली संचार संवाददाता
५०० पटक
रबिन्द्र बराल, मोरङ

मोरङको रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढि रकम लिएको खुलासा भएको छ ।

फाल्गुन २० गते रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित नगरपालिका नजिकै पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे माेटरसाईकलले ठक्कर दिई अनुहार र अाेठमा चाेट लागेपछि साेहि सवारी चालक ईटहरी १२ बस्ने बर्ष ३२ का अमित कुमार साहले ठक्कर दिई घाइते भएका रंगेली ७ घर भएका राजेश मंन्डलका ८ बर्षका अलाेक मंन्डललाई घाइते भई टाईम्स अस्पतालमा उपचार गराई रहेता पनि अस्पतालले अनावश्यक तरिकाले विभिन्न टेस्ट गरेर सवारी धनी संग मनपरि रकम असुल गरेको अमित कुमार साहले बताए ।

उनका अनुसार अस्पतालले अाेठकाे सल्यक्रिया गरेबापत ८ हजार, सामन्य बिरामी राख्ने काेठाकाे प्रत्येक दिन काे १ हजार ७ सय, लागयत विभिन्न स्थानकाे एक्सेरे, लागयत गरि एक दिनकाे २० हजार रुपैयाँ लिएको बताए ।

साेही बिषयलाई लिएर रंगेली नगर युवा क्लवका अध्यक्ष निरज साह साे कुराकाे बारेमा जानकारी लिए पछि अस्पताल प्रशासनले १० हजार रुपैयाँ मात्रै लाग्ने भन्दै बेड चार्ज शल्यक्रिया जस्ताकाे रकम घटाएकाे छ ।

बाेल्ने र जानकारी भएको बिरामीलाई यति सम्म गर्ने अस्पतालले गरिव तथा नबाेल्ने सर्वसाधारणहरुसंग कति अनावश्यक रकम लिन्छन हाेलान सहजै अनुमान गर्ने सकिन्छ । यस तर्फ सबै जनताहरु जागरुप हुनु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...