News Portal

मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालकाे ब्रहम लुट

हिमाली संचार संवाददाता
४८३ पटक
रबिन्द्र बराल, मोरङ

मोरङको रंगेली नगरपालिका ७ मा अवस्थित टाईम्स अस्पतालले समान्य दुर्घटना भएर उपचार गराउन पुगेका एक बिरामीलाई उपचार गरे बापत बढि रकम लिएको खुलासा भएको छ ।

फाल्गुन २० गते रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित नगरपालिका नजिकै पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे माेटरसाईकलले ठक्कर दिई अनुहार र अाेठमा चाेट लागेपछि साेहि सवारी चालक ईटहरी १२ बस्ने बर्ष ३२ का अमित कुमार साहले ठक्कर दिई घाइते भएका रंगेली ७ घर भएका राजेश मंन्डलका ८ बर्षका अलाेक मंन्डललाई घाइते भई टाईम्स अस्पतालमा उपचार गराई रहेता पनि अस्पतालले अनावश्यक तरिकाले विभिन्न टेस्ट गरेर सवारी धनी संग मनपरि रकम असुल गरेको अमित कुमार साहले बताए ।

उनका अनुसार अस्पतालले अाेठकाे सल्यक्रिया गरेबापत ८ हजार, सामन्य बिरामी राख्ने काेठाकाे प्रत्येक दिन काे १ हजार ७ सय, लागयत विभिन्न स्थानकाे एक्सेरे, लागयत गरि एक दिनकाे २० हजार रुपैयाँ लिएको बताए ।

साेही बिषयलाई लिएर रंगेली नगर युवा क्लवका अध्यक्ष निरज साह साे कुराकाे बारेमा जानकारी लिए पछि अस्पताल प्रशासनले १० हजार रुपैयाँ मात्रै लाग्ने भन्दै बेड चार्ज शल्यक्रिया जस्ताकाे रकम घटाएकाे छ ।

बाेल्ने र जानकारी भएको बिरामीलाई यति सम्म गर्ने अस्पतालले गरिव तथा नबाेल्ने सर्वसाधारणहरुसंग कति अनावश्यक रकम लिन्छन हाेलान सहजै अनुमान गर्ने सकिन्छ । यस तर्फ सबै जनताहरु जागरुप हुनु जरुरी देखिन्छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...