News Portal

जाजरकोटमा पहिरोले घर बगाउदा ८ जनाको मृत्यु, १ जना बेपत्ता

६३६ पटक

जाजरकोट – जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिरोले घर पुरिदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना घाइते छन् भने एकजना बेपत्ता छन् ।

जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको छाती, टाउको र खुट्टामा चोट लागेको जनाइएको छ ।

मृत्यु हुनेमा लुहारकी श्रीमती २५ वर्षीया शीतला, उहाँका छोरी ९ वर्षीया भावना, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनिषा छन् ।उनीहरु सबै भेरी नगरपालिका–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराका घरमा भाडामा बस्दै आएका थिए ।

त्यस्तै, घरमूली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्माको पनि मृत्यु भएको छ । उनीहरुको शव पहिराले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो । मृतक अन्यको सनाखत भएको छैन ।

सोही ठाउँमा गोपाल सुनारको घर पहिराले पुर्दा त्यहाँ ४ बालबालिका अझै हराइरहेका छन् । ती बालबालिकालाई घरसँगै पहिराले पुरेको अनुमान गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेकामा कुशे गाउँपालिका–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार र ११ वर्षीय नवीन परियार तथा नलगाड नगरपालिका–१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियार र १० वर्षीय दर्शक परियार छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...