News Portal

काठमाण्डाैमा राहत शिक्षकले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप, मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा

हिमाली संचार संवाददाता
४३४ पटक

काठमाण्डाै : राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाण्डाैमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । आफूहरुलाई स्वत: स्थायी हुने व्यवस्था सहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डाैको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोडन लागेपछि हस्तक्षेप गरेको हो ।

माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । यता, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।

गएकाे असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिनु भयो ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने  माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वत: स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिइरहेका हुन । उज्यालो

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...