News Portal

काठमाण्डाैमा राहत शिक्षकले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप, मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा

हिमाली संचार संवाददाता
३९५ पटक

काठमाण्डाै : राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाण्डाैमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । आफूहरुलाई स्वत: स्थायी हुने व्यवस्था सहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डाैको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोडन लागेपछि हस्तक्षेप गरेको हो ।

माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । यता, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् ।

गएकाे असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिनु भयो ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने  माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वत: स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिइरहेका हुन । उज्यालो

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...