News Portal

युवाहरुलाई ब्यबसायिक सीप बिकास तालिम

हिमाली संचार संवाददाता
३९४ पटक
सुशिल सिंह

सुर्खेत : राष्ट्रिय युवा परिषदले बिदेश जान लागेका युबाहरुलाई नेपाल फर्काएर नेपालमा नै रोजगारीको प्रबद्धन गर्ने, उधमशिलतालाई उजागर र बिस्तार गर्ने जस्ता कार्य गरीरहेको छ। राष्टिय युवा परिषद सुर्खेतले आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा माधब प्रसाद ढुङगेलले शिक्षित युवाहरुले बिदेश जानु पर्ने अबस्थाको अन्त्य गर्न राष्ट्रिय युवा परिषद लागी परेको बताउनु भएको हो ।

राष्टिय युवा परिषदका कार्यकारी उपाअध्यक्ष समेत रहनु भएका ढुङगेलले सडक््मा उठाइएका आम युवाहरुको मुद्धाहरुलाई उठाउने माध्यमको रुपमा पनी आफुहरुले काम गरीरहेको बताउनु भयो। उहाँले भन्नुभयो, हाम्रो मुख्य उदेद्धय भनेको नै युवाहरुका समस्याहरुलाई समाधान गर्ने हो । हाम्रो आगामी कार्य दिशा नै युवाहरुको मुद्धा नै आम जनता सामु पु¥याउने हो ।

यस्तै राष्ट्रिय युबा परिषद सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेतले युवाहरुलाई बिभिन्न तालिमहरु दिदै आइरहेको बताउनु भयो । उहाँले भन्नुभयो, कुनै पनी ब्यबसाय गर्न चाहाने युवाहरुलाई हामीले सहुलियतमा ऋण कर्जा दिने ब्यबस्था गरीरहेका छौ। नेतृत्व बिकास कार्यक्रमसंग प्रत्येक वडामा युवा कलब गठन गर्ने, प्रदेशमा प्रदेश युवा परिषदहरु पनी गठन गर्ने कार्य तिब्र रुपमा अगाडी बढाईरहेको बताउनुभयो । उहाँले भन्नु भयो पहिलो क्लब गठन सुर्खेतको सिम्ता र जुम्लाको तिला गाउँपालिकाबाट सुरु गरिएको छ ।

अहिलेका युवाहरुलाई नेतृत्व बिकास गरी भोलीका संसदको भुमिका निबार्ह गर्न सक्ने युवा तयार पार्ने उदेश्य रहेको कार्यकारी उपाअध्यक्ष ढुङ््गेलले बताउनुभयो । आजका जस्ता हस्ताक्षर गर्न मात्र संसद हैन साच्चिकै संसदको भुमिका निबार्ह गर्न सक्ने युवा तयार पार्न लागी परेका छौ उहाँले भन्नुभयो। यस्तै युवा राष्ट्रिय बिकासको प्रमुख मानब श्रोत र साधन भएकाले यिनको बिकास नभै देशको बिकास गर्न असम्भब रहेको उहाँले बताउुभयो ।

यसै तथ्यलाई ममन गरी युवाको सर्वाङर्गिण बिकास र परिचालनका लागी २०७२ सालदेखी राष्ट्रिय युबा परिषदको स्थापना गरी केन्द्र र जिल्ला तहका बिभिन्न युवा लक्षित कार्यक्रम हरु संचालन गर्दै आइरहेकोे छ। साथै तेस्रो बर्ष प्रबेश गर्न सम्म १५८५ जना युवाहरुलाई ब्यबसायिक सीप बिकास तालिम प्रदान तथा ५५० जनालाई सीप परिक्षण र ५५० जनालाई बस्तुगत सहायता प्रदान गर्ने कार्य गरेको केन्दीय उपाअध्यक्ष ढुङ््गेलले बताउनुभयो। उक्त कार्यक्रममा कर्णाली प्रदेश अन्तर्गत राष्ट्रिय युबा परिषदका जिल्ला अध्यक्षहरुको पनी उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...