News Portal

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० जनाको मृत्यु

हिमाली संचार संवाददाता
५४७ पटक

नाइजेरिया : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् । सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन् ।

घटनामा परी घाइते भएकाहरुको सङ्ख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ । नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटन भएर मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन् । अहिले घटना भएकै ठाउँमा यसअघि सयौँको मृत्यु भएको थियो । – एएनआई

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...

आज २०८२ साल चैत २१ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्

काठमाडौँ, चैत २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघिल्लो सरकारका बेला राजनीतिक सिफारिसका आधारमा...

उपसभामुखबारे छलफल भएको छैन : रवि लामिछाने

काठमाडौं, चैत २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख चयनबारे हालसम्म...