News Portal

घरमै बच्चा जन्माउँदा दाङमा किशोरीको मृत्यु

हिमाली संचार संवाददाता
३८५ पटक

दीपक बोहरा/दाङ १९,फागुन : घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि निधन भएको हो। शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए।

‘‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’ उनले भने, ‘अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौं।

सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस् भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताए। साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उनको भनाइ थियो।

स्वास्थ्यचौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने व्यवस्था भए पनि बिरामीले चासो नदिँदा पटक–पटक यस्तो समस्या हुने गरेकाले यस विषयमा चेतना जगाउनु आवश्यक रहेको निमित्त प्रमुख रावतले बताउनुभयोे । आफूहरुले गर्भवती महिलालाई नियमित जाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै कतिपय स्वास्थ्य संस्था नआउने गरेको उनले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...