News Portal

प्रधानमन्त्रीलाई विखण्डनको आवाज समयमै निस्तेज पार्न कमल थापाको आग्रह

हिमाली संचार संवाददाता
३९९ पटक

जनकपुर १९, फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण बताएका छन्।मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आइतबार जनकपुरमा पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठानपछि सडकमै आयोजित पत्रकार सम्मेलनमा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुःख समेत व्यक्त गरे।

‘म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु कि नेपालमा पहिलोपटक राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्’, ‘विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्। अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसंग माग समेत गरेका छन्।

उनले मधेसका जनता राष्ट्रवादी रहेको बताउदै सीमामा रहेर देशको सिमानाको रक्षामा पहरेदारको काम गरिरहेको बताए। ‘आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्’, उनले भने, ‘विखण्डनको बीऊ रोप्न खोज्ने तत्वलाई छुट नदिन प्रधानमन्त्रीज्युलाई फेरि आग्रह गर्दछु। राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ।

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजादेखि सबै राजनीतिक शक्ति अटाउने व्यवस्थाका लागि गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, भ्रष्टाचारमा कडाइ गरिनुपर्ने, आर्थिक रुपमा विपन्नलाई आरक्षणको नयाँ व्यवस्था गरिनुपर्ने लगायतका माग गर्दै सरकारलाई ज्ञापनपत्र पेश गरेको छ। सरकारलाई प्रस्तुत गरेको माग आमजनतालाई जानकारी गराउने, आफ्ना माग बारे जनमत सिर्जना गर्ने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा गरेको प्रचार प्रमुख मोहन श्रेष्ठ बताउँछन्।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...