News Portal

बामदेवले अघि सारे रविन्द्रको पत्नीलाई निर्वाचनको उम्मेदवार

हिमाली संचार संवाददाता
३७३ पटक

काठमाडौं १८, फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टीले टिकट दिएर पठाएपनि आफू अधिकारीको निर्वाचन क्षेत्रनमा उम्मेदवारी दिन नजाने बताएका हुन् ।

‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो’, गौतमले भनेका छन्, ‘नेपाली राजनितिक आकासमा उज्वल भविष्य सहित उदाएका मेरा प्रिय रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रबाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।

उनले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन ।

‘मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछभने पनि म रविन्द्रको दुखद् निधनबाट खालि भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन’, गौतमले भनेका छन्, ‘मेरो सम्पूर्ण प्रयत्न स्व.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउनेछु ।

गौतमले रविन्द्र अधिकारीकी पत्नीलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने संकेत गरेका हुन् । नेता गौतमले अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भनेर समाचार आएपछि विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...