News Portal

बामदेवले अघि सारे रविन्द्रको पत्नीलाई निर्वाचनको उम्मेदवार

हिमाली संचार संवाददाता
३९२ पटक

काठमाडौं १८, फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टीले टिकट दिएर पठाएपनि आफू अधिकारीको निर्वाचन क्षेत्रनमा उम्मेदवारी दिन नजाने बताएका हुन् ।

‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध शुरु भयो’, गौतमले भनेका छन्, ‘नेपाली राजनितिक आकासमा उज्वल भविष्य सहित उदाएका मेरा प्रिय रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जलि दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रबाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।

उनले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र हो । मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन ।

‘मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछभने पनि म रविन्द्रको दुखद् निधनबाट खालि भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन’, गौतमले भनेका छन्, ‘मेरो सम्पूर्ण प्रयत्न स्व.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउनेछु ।

गौतमले रविन्द्र अधिकारीकी पत्नीलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने संकेत गरेका हुन् । नेता गौतमले अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भनेर समाचार आएपछि विज्ञप्ति जारी गरेर खण्डन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...