News Portal

  • गाउँपालिकाका अध्यक्षबाटै कुटिएँ न्याय माग्न गएका विष्णुदेव !

    हिमाली संचार संवाददाता
    ३८८ पटक

    शम्भु यादव
    सिरहा : आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्। पीडित यादवलाई गापा अध्यक्ष साहले सुरुमा आफै हात हालेपनि पछि सहयोगीमार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकालेको उनले आरोप छ।

    कुटपिटबाट घाइते भएका यादवले लहानस्थित राउ स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन्।उनको अनुहार र आँखामा चोट लागेको छ। शुक्रबार यादवले इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा निवदेन दर्ता गराएका छन्। ‘कुटपिट भएको दिन यादवले मौखिक रुपमा जानकारी गराउन आएको थियो, ‘इप्रका लक्ष्मीपुर पतारी प्रमुख प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठले भने, ‘लिखित निवेदन दर्ता गराएपछि हामीले स्वास्थय जाँचको लागि लेखेर पठाएका छौ।

    गत बुधबार(८ गते) यादवको मदिरा पसलमा चोरी भएको थियो। पसल बन्द गरेर घरमा खाना खान जाँदा चोरले पसल फोडेर चोरी गरेको पीडित यादवले सुनाए। ५/६ जनाको समूहमा आएका चोरले पसलमा भएको चाउचाउ, रजनीगन्धा, रक्सी र नगद ७६ सय रुपैयाँ लग्यो,’ उनले भने, ‘खोज्दै जाँदा गाउँ बाहिर चोर फेला पर्‍यो। एक्लै हुँदा समात्न सकिन तर, दुईजना चोरलाई चिने।

    चोरी भएको खबर वडाअध्यक्ष धमेन्द्र रायलाई तत्कालै जानकारी दिएको उनले बताए। यादवका अनुसार गाउँमै जन्ती आएकाले राति केही नगर्नु भनेर वडाअध्यक्षले फर्काए। ९ गते वडाअध्यक्ष रायले यादवलाई आफूले यस विषयमा केही गर्न नसक्ने भन्दै न्यायिक समितिमा चिठी लेखेर पठायो। १० गते न्यायिक समितिमा छलफल चलिरहेका बेला गापा अध्यक्ष साहले पञ्चायतको मिति सार्न लगाए।

    ‘छलफलबाट सबै कुरा भइसकेको थियो, निर्णय लेख्न बाँकी थियो,’ न्यायिक समिति संयोजक तथा गापा उपाध्यक्ष आशा यादवले भनिन, ‘त्यतिकैमा अध्यक्षले आज निर्णय नगरी अर्को दिन छलफल राख्न लगाए। १६ गते बिहीबार छलफलको समय दिएको थियो।

    गापा अध्यक्षले दिएको समयमा कार्यालय पुगेर आफ्नो चोरीको विषयमा के भयो भनेर सोध्दा आफूमाथि कुटपिट भएको यादवले सुनाए। यता, गापा अध्यक्ष साहले आफूले कुटपिट नगरेको दाबी गरेका छन्।

    यादवले जोडले बोल्न थालेपछि कार्यालयबाट सहयोगी लगाएर बाहिर निकालेको उनले स्वीकार गरे। ‘आफूले कुटपिट गरेको छैन, विदाको दिन भएकाले छलफल हुन नसकेको यादवलाई सुनाउँदै थिए, ‘गापा अध्यक्ष साहले भने, ‘अलि जोडले बोल्न थालेपछि सहयोगी लगाएर कार्यालय बाहिर निकाल्न लगाए। उनको पसलमा भएको यो चोरी आठौँ पटक हो।

    ४ वर्ष वैदेशिक रोजगारबाट कमाएको रकमले साहले व्यापार सुरु गरेका थिए। ‘सानो पुँजीबाट व्यापार सुरु गरे। चोरीले हैरान बनायो, ‘उनले भने, ‘न्याय माग्न जाँदा आफै कुटिएँ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...