News Portal

  • संसदमा पाकिस्तानी प्रधानमन्त्रीको यो १० मिनेटको सम्बोधन जसले संसारमै तहल्का मच्चायो

    हिमाली संचार संवाददाता
    ४४७ पटक

    भारत र पाकिस्तानबीचको तनाब बढ्दैं गएको थियो । भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले चीन र अमेरिकालाई अछुतो नराख्ने र विश्व नै अर्को विश्व युद्धमा होमिने त्राही विश्वसमुदायमा नै थियो । त्यहाँबाट आइरहेका खबरले कतै अब विश्व तेस्रो विश्वयुद्धको चपेटामा त जाँदैन भन्ने त्रास बढिरहेका बेला हिँजो पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुभयो ।

    त्यो सम्वोधन जम्मा १० मिनेटको मात्र थियो । तर त्यो संसारभरी नै सन्सनी फैलियो । विश्वभरीका शान्तीगामी मानिसहरुले इमरानलाई सम्मान प्रकट गरे । भारतको प्रशासित क्षेत्र कस्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानी भूमीमा हमला गर्यो । पाकिस्तान निक्कै संयमित बन्यो । उसले भारतमाथी हमला गरेन तर पाकिस्तान छिरेका विमानलाई आफ्नै भूमीमा खसालेर तागत देखाईदियो ।

    पाकिस्तानले वायु सेनाको विमान खसालेर त्यसका चालक समेत नियन्त्रणमा लिएको थियो । त्यसपछि भारतले आफ्ना सैन्य अधिकारीलाई विना शर्त रिहा गर्न माग गरेको थियो । तर पाकिस्तानले रिहासँगै वार्ताको टेबलमा आउँन अपिल गरेको थियो । तर भारतले पाकिस्तानको भद्र आग्रहलाई लत्याई रहेको अवस्थामा इमरानले आफ्नो संसदमा सम्बोधन गरे । र भने म विश्वभरीका शान्तिप्रेमी मानिसको पक्षमा उभिन चाहान्छु । भारतले पाकिस्तान हान्न पठाएका लडाकुलाई सकुशल विना शर्त फिर्ता पठाईदिन्छु । म युद्धको पक्षमा छैन । भारत पाकिस्तानबीच देखिएका समस्या वार्ताबाट हल गर्न चाहान्छु । अहिलेपनि हामी वार्ताको टेबलमा बसौँ । मलाई भारत जान कुनै समस्या छैन । तपाई मोदी जी पनि निर्धक्क भएर पाकिस्तान आउँनुहोस् । बसेर समस्या सामधान गरौँ । यो भावको सम्वोधन बाहिर आएपछि विश्वका मानिस इमरानको प्रशंसक बने ।

    दुई देशबीचको तनावलाई आज विश्वले नजिकबाट हेर्न खोजिरहेको छ । भारतमा लोक सभा निर्वाचन आउँनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घट्दैं जानुले कतैं पुलवा घटना भारत आफैं घटाएको त होईन ? यो प्रश्न भारतमा भएका विपक्षी दलहरुले उठाउन थालेका छन् । भारत प्रशासित कश्मिरको पुलवामामा भएको चरमपन्थी हमलापछि भारत र पाकिस्तानको वायुसेनाले सीमा पार गरेर एक–अर्काको क्षेत्रमा प्रवेश गर्दै आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

    यो क्रममा पाकिस्तानले भारतका एक मिग विमान पाकिस्तान प्रशासित कश्मिरमा खसाल्यो र भारतका एक पाइलटलाई नियन्त्रणमा लियो । हिजो पाकिस्तानी संसदमा बोल्दैं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गर्नुभयो । भारतीय पाइलट आज भारत फिर्ता पठाइनेछ । पुलवामाको घटना १४ फेब्रुवरीमा भएको थियो जबकी दुई देशका सेनाबीच भएको यो घटना २६ र २८ फेब्रवरीमा भएको हो ।

    यतिबेला जहाँ एकातर्फ भारतको राजनीतिक नेतृत्वको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन भने अर्कातिर पाकिस्तानका प्रधानमन्त्रीले यसबारे लगातार जानकारी दिइरहनु भएको छ । पाकिस्तानी प्रधानमन्त्री जतिपटक क्यामरामा देखिनुभयो उहाँले युद्ध नगर्ने कुरा दोहोर्याउँदैं आउनु भएको छ । पहिलो पटक उहाँले भारत–पाकिस्तानबीच भएका युद्ध र त्यसले निम्त्याएको विनाशको उदाहरण दिदैं बिहिबार संसदमा क्यूबा मिसाइल संकटको उदाहरण दिनुभयो । सोभियत संघले अमेरिकाविरुद्ध क्यूबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो ।

    त्यतिबेला संसारभरी संकटको बादल छाइरहेको थियो किनभने एकातर्फ अमेरिका र रुसमा खिँचातानी थियो भने अर्कोतर्फ भारत–चीनबीच पनि युद्ध चलिरहेको थियो । इमरानले युद्ध कुनै पनि कुराको हल होइन भनेर पटक–पटक बताइरहनु भएको छ। पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय पाइलट अभिनन्दनलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो कदम भएको भन्दैं भारत लगायत विश्वभरीमा जनताले खानको कार्यको प्रशंसा गरेका छन् ।

    अभिनन्दनले कुनै अपराध त गर्नुभएको त होईन उहाँ त मात्र एक युद्धबन्दी हुनुहुन्छ । आफ्नो मुलुकका लागि काम गरिरहँनु भएको थियो त्यसकारण उहाँलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो राजनीतिक निर्णय हो । इमरानको यो निर्णयले पाकिस्तान र भारत बिचको अहिलेको स्थितीलाई सुधार्ने विश्वास गरिएको छ । विश्व स्तरमा हेर्ने हो भने, यो निर्णयले इमरान खानको कद पक्कै पनि बढेको छ ।

    इमरान खान मिडिया सामू आउन कहिले पनि अफ्ट्यारो मान्ने गर्नु भएको छैन । जबदेखि इमरान पाकिस्तानको राजनीतिमा प्रवेश गर्नुभयो उहाँ क्यामरामा छाइरहनु भएको छ । उहाँ एक चर्चित क्रिकेटरको रुपमा पनि एक अन्तर्राष्ट्रिय सेलिब्रिटी हुनुहुन्छ । जहाँ क्रिकेट खेलिन्छ त्यहाँ इमरान निकै चर्चित हुनुहुन्छ । उहाँको इज्जत छ जसको फाइदा खान बेलाबेलामा उठाउँनुहुन्छ । इमरान खानको बोल्ने कला पनि निकै राम्रो छ । उहाँले जे जति कुरा गर्नुहुन्छ, त्यसले पनि उनलाई फाइदा पुर्याउँछ ।

    इमरान एक जननेता हुनुहुन्छ, जसको उहाँले फाइदा उठाइरहनु भएको छ र यस्ता नेता चर्चामा छाइरहन्छन् । त्यसको प्रयोग गर्नु हरेक राजनेताको अधिकार पनि हो । यतिबेला पाकिस्तान र अफगानिस्तानबीच जुन स्थिती छ त्यसले पाकिस्तानलाई निकै असर पुर्याइरहेको छ र इमरान खान सरकार यतिबेला शान्ति चाहन्छ । उहाँ कुराकानीमार्फत यो मुद्दा सुल्झाउन चाहनुहुन्छ । इमरान गलत प्रचार गरिरहनु भएको छैंन, उहाँ सच्चा मनले कुरा गरिरहेको छ ।

    पुलवामाको घटनापछि उहाँले सबैभन्दा पहिले चरमपन्थबारे कुरा हुनुपर्छ भन्ने भारतले राखेको शर्त पनि मानन तयार हुनु भएको छ । पाकिस्तान पहिलेदेखि नै आफ्नो पश्चिमी सीमामा चरमपन्थविरुद्ध युद्ध लडिरहेको छ । पाकिस्तानको सेनाले कतै न कतै युद्ध हुन नहुने र कुराकानीमार्फत मुद्दा सल्टाउनुपर्ने चाहना राख्दैं आइरहेको छ ।

    इमरान जुन दिशामा पाकिस्तानलाई लैजान चाहानुहुन्छ, त्यो एकदम सही छ । अफगानिस्तानसँग लडाईं समाप्त गर्ने दिशामा उहाँको तीब्र कारवाही गरिरहनु भएको छ । खान अफगानिस्तानमा स्थिती सामान्य होस् र युद्ध समाप्त होस् भन्ने चाहाना राख्नुहुन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि यो ‘कहिल्यै समाप्त नहुने लडाई’ समाप्त होस् भन्ने चाहाना राख्नुहुन्छ ।

    करतापुर करिडोरलाई इमरान खानले सिखका लागि खोल्ने पहल गर्नुभयो । उहाँले सिख भिसा बिना नै पाकिस्तान आउन् र दर्शन गरुन् भन्ने कुरामा विचार गर्नुहुन्छ, यो एउटा राम्रो कोसिस हो । यस्ता कुराहरु इमरानले प्रधानमन्त्री बनेपछि देशमा लागू गर्नुभएको र प्रधानमन्त्रीको पद सम्हालेको मात्र पाँच महिना पुगेको छ ।

    यस्तोमा पाकिस्तानको जुन आर्थिक स्थिती छ, त्यसलाई नियन्त्रण गरेर अबको दुई–तीन वर्षमा पाकिस्तानको ‘ग्रोथ रेट’ राम्रो भयो भने उहाँले कुनै काम गरेको भन्न सकिन्छ । अहिलेका लागि हामी यो भन्न सक्छौं कि उहाँको विश्वभर सकारात्मक कदम चालेका कारण इज्जत बढेको छ । – बीबीसी हिन्दी

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal