News Portal

रंगेली कानेपोखरी सडकखण्डमा पुुरानै कल्भर्टको संरचनामा जोडेर नयाँँ कल्भट बनाउदै

हिमाली संचार संवाददाता
५१४ पटक
रबिन्द्र बराल, मोरङ

फागुुन १७ शुक्रबार : मोरंङको रंगेली–कानेपोखरी सडकखण्डमा पुुरानै कल्र्भडको संरचनालाई जोडेर नयाँँ कल्भर्ट वनाउनेे गरेको पाईएकाे छ। निमार्ण कम्पनीले अधिकान्स ठाउँमा नयाँ कल्भर्ट बनाएता पनि रंगेली नगरपालिका र कानेपाेखरी गाउँपालिकाका चारवटा पैनी तथा खोल्साहरुका पुुरानो कल्भर्टको संरचनामा नयाँ जोडेर नया कल्भर्ट वनाउन थालेकाे हाे ।

उक्त सडक खन्ड अन्तर्गत भाैसाबारी चाेक नजिकै, केराैन चाेक, युवा चाेक र रंगेली नगरपालिका ८ स्थित वेदमारी खाेल्साकाे पुरानै कल्भर्टमा नयाँ कल्भर्ट बनाएकाे छ। बर्षाे अगाडि देखि बनेकाेे कल्भर्टमा यसरी नयाँ थप गर्दा कतिकाे बालियाे र राम्रो हुन्छ अाफै सहजै अनुमान गर्ने सकिन्छ ।

अधिकान्स पुरानाे कल्भर्टमा तलकाे भागमा ईट्टाकाे भरमा अडिएकाे छ। तर रकम अभाबकाे कारण देखाउदै पुरानै कल्भर्टमा जाेडेर नयाँ कल्भर्ट बनाउदै गरेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए ।

शेर्पाका अनुसार नेपाल सरकारले रंगेली वडा नम्बर ७ काे बक्राहा पुल देखि भारतीय सिमाना सम्म सडकको नाला बनाउन मात्रै एग्रिमेन्ट भएकाे तर ४ किलोमिटर सडकमा भने कालाे पत्रेकाे याेजना नभएको हुनाले पुरानो र कल्भर्ट राम्रो छ । त्याे नभत्काएर साेहि पुलमा नयाँ कल्भर्ट बनाएर अाफुहरुले उक्त रकम कालोपत्रेमा हालेको समेत बताए ।

तर स्थानीय सरकारले यस्तो कुराकाे हेक्का नराख्ने हाे भने सडक सुचारु भएको केही महिना भित्रै उक्त जाेडिएका कल्भर्टहरु भत्कने सम्भावना बढि नै रहेको देखिन्छ । उक्त सडक खन्ड रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ ।

साे सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पन्न गरिने गरी सम्झौता रहेको छ । रंगेली देखि कानेपाेखरी सडकमा अहिले तिव्र गतिमा माटाे र गिट्टि हाल्ने काम अन्तिम अवस्थामा पुगेको छ भने अबको केही साता भित्र साे सडकमा कालोपत्रेकाे काम हुने शेर्पाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...