News Portal

दु:खको बेलाको विषय मात्र नबनोस् हेलिकोप्टर दुर्घटनाको छानबिन : गगन थापा

हिमाली संचार संवाददाता
४०६ पटक

काठमाडौं १७, फागुन : नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने, ‘सरकारले जुन छानविन समिति बनाएको छ । यो एक दुई दिनको दुखको बेलाको मात्रै विषय नबनोस् ।’

नेपालमा हवाइ यात्रा जोखिमपूर्ण रहेको आफूले महसुस गरेको उनले बताए । थापाले भने ‘यत्रो ठूलो दुर्घटना भइसकेपछि चेतेनौं भने हामीले कहिल्यै पनि चेत्दैनौं । नेता थापाले मन्त्री अधिकारीसँग विद्यार्थी आन्दोलनदेखि नै परिचित रहेको बताउँदै आफूले धेरै कुरा सिकेको बताए ।

मन्त्री अधिकारीबारे नेता थापाको प्रतिक्रिया !

२०६० सालभन्दा अगाडिको विद्यार्थी आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिकाबारे कम छलफल भएको छ । त्यतिखेर नेपालका दलहरुले आफ्नो प्रतिष्ठा गुमाएको र विद्यार्थी आन्दोलन थला परेको अवस्था थियो ।

त्यो बेलामा रविन्द्र अधिकारीले नेतृत्व गरेको अनेरास्ववियुले नेपालको विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गरायो र राजनीतिक दलप्रतिको विश्वासलाई अलिकति भए पनि जोड्ने काम गर्यो ।
त्यसकै जगमा हामीले संयुक्त विद्यार्थी आन्दोलन निर्माण गरेका थियौं । हामीभन्दा सिनियर उहाँबाट केही सिक्ने मौका पायौं ।

हामीले तीनवटा संसदमा संगै रहेर काम गर्यौं । संविधानमा यो विषय पर्नुपर्छ वा पर्दैन भन्दा पनि यो संविधानसभा सफल हुनुपर्छ र नेपालका नेताहरुमा हार्दिकता सकियो भने संविधानसभा यसको शिकार हुन्छ । हार्दिकता मर्न दिनु हुँदैन र हाम्रो भूमिका त्यसमा हुनुपर्छ । उचाल्ने दुरी बढाउने काम गर्नुहुन्न भन्नेमा उहाँको नेतृत्व रह्यो ।

दोस्रो संविधानसभामा जतिबेला कांग्रेस–एमाले एकातिर र माओवादी सडकमा भएको बेला बोलचाल बन्द भएको थियो । म सम्झन्छु त्यो बेलामा हामी राति ११ बजे केपी शर्मा ओलीको घरमा भेट्न गएको, प्रचण्डलाई भेट्न गएको र दुई घण्टा कुरेर भेटेको ।
राजनीतिक विमर्शभित्र विकासको एजेण्डा मुख्य बनाउनुपर्छ भन्ने उहाँको धारणा थियो ।

एकदमै असल साथी, मैले चाहिँ कोहीसँग पनि त्यस्तो सम्बन्ध बनाउन सक्दिन होला । जो जोसँग उहाँको सम्बन्ध भयो सबैसँग असल साथीको सम्बन्ध भयो । हामी फरक फरक समितिको सभापति भएर काम गर्दा, संयुक्त बैठक गर्ने, संयुक्त पहल गर्ने गर्थ्यौं ।

हामी घुसकाण्डको बारेमा कुरा गर्छौं नि ! क्यामेरा अगाडि आउने मुस्कान मात्र होइन उहाँको । जतिखेर पनि हाँसिराख्न सक्ने, पोजेटिभ भइराख्न सक्ने, जुन कुरालाई पनि पोजेटिभ एंगलबाट हेर्न सक्ने हुनुहुन्थ्यो ।

पछिल्लो समय हाम्रो कुरा मिलेन हामीले आलोचना गर्‍यो । आलोचना गर्ने मान्छे बरु रातोपिरो हुन्थ्यो, तर उहाँ त्यसलाई पनि सकारात्मक रुपमा लिन सक्ने । एउटा राजनीतिज्ञसंग हुनुपर्ने गुण हो, हामी र हामी भन्दा पछाडिकाले सिक्नुपर्ने महत्वपूर्ण कुरा हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...