News Portal

डोटीमा महोत्सवको उद्धघाटन कार्यक्रममा वन मन्त्री माया भट्टलाई कालो झण्डा

हिमाली संचार संवाददाता
४६५ पटक

डोटी १७, फागुन : डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाईएको छ। डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्धघाटन कार्यक्रममा प्रमुख अथिति रहेकी मन्त्री भट्टलाई कालो झण्डा देखाईएको हो।

दिपायल राजधानी संघर्ष समिति, नेबिसंघ, नेपाल तरुण दल, तथा अन्य नागरिक अगुवाहरुको संयूक्त टोलीले कालो झण्डा देखाएको हो। पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो।

नेविसंघका अध्यक्ष गणेश खडकाले भने, ‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीका बिरुद्ध नेबिसंघ सधैंभरी लागी रहने छ।’ भट्टका विरुद्धमा प्रदेश सरकार मुर्दाबाद, डोटी बिरोधी नेता मुर्दाबाद, लगायतका नाराबाजी सहित प्रदर्शन गरिएको थियो।

डोटीबाट प्रदेश सभामा ४ जना प्रदेश सदस्यको सहभागिता छ। मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाटै निर्वाचित सांसद हुन् तर डोटीका बिरुद्ध मतदान गरेका थिए। यसअघि डोटी उधोग बाणिज्य संघले पनि सुदूरपश्चिम प्रादेशिक महोत्सव गरिसकेको छ। तर डोटीबाट निर्वाचित कुनै पनि सासदलाई महोत्सवमा बोलाईएको छैन्।

भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...