News Portal

डोटीमा महोत्सवको उद्धघाटन कार्यक्रममा वन मन्त्री माया भट्टलाई कालो झण्डा

हिमाली संचार संवाददाता
४४७ पटक

डोटी १७, फागुन : डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाईएको छ। डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्धघाटन कार्यक्रममा प्रमुख अथिति रहेकी मन्त्री भट्टलाई कालो झण्डा देखाईएको हो।

दिपायल राजधानी संघर्ष समिति, नेबिसंघ, नेपाल तरुण दल, तथा अन्य नागरिक अगुवाहरुको संयूक्त टोलीले कालो झण्डा देखाएको हो। पर्याप्त सम्भावना, पर्याप्त पुर्वाधार, प्रदेशको केन्द्र विन्दु लगायतका धेरै सम्भावना भएको साविकको क्षेत्रीय सदरमुकाम दिपायलबाट जंगलमा राजधानी सारेको भन्दै कालो झण्डा देखाइएको हो।

नेविसंघका अध्यक्ष गणेश खडकाले भने, ‘डोटीबाट राजधानी खोस्ने, यहाँका जनताको अधिकार खोस्ने जो कोहीका बिरुद्ध नेबिसंघ सधैंभरी लागी रहने छ।’ भट्टका विरुद्धमा प्रदेश सरकार मुर्दाबाद, डोटी बिरोधी नेता मुर्दाबाद, लगायतका नाराबाजी सहित प्रदर्शन गरिएको थियो।

डोटीबाट प्रदेश सभामा ४ जना प्रदेश सदस्यको सहभागिता छ। मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाटै निर्वाचित सांसद हुन् तर डोटीका बिरुद्ध मतदान गरेका थिए। यसअघि डोटी उधोग बाणिज्य संघले पनि सुदूरपश्चिम प्रादेशिक महोत्सव गरिसकेको छ। तर डोटीबाट निर्वाचित कुनै पनि सासदलाई महोत्सवमा बोलाईएको छैन्।

भिडियोमा हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...