News Portal

भारत र पाकिस्तानबीचको बढ्दो तनावले राष्ट्रपति भण्डारी चिन्तित

हिमाली संचार संवाददाता
४९७ पटक

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेकी छिन् ।  राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको बढ्दो तनाव कम गर्न शान्तितर्फ अग्रसर हुनुपर्ने आवश्यक्ता पनि औंल्याइन््

शुक्रबार काठमाडौंमा वैदिक ज्ञान तथा आधुनिक विज्ञानसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले विश्व शान्ति र समृद्धि साझा मानवीय आकांक्षा भएको उल्लेख गर्दै त्यसका लागि हाम्रो सनातन चिन्तनको सम्मान गरेर अघि बढन पनि सबैलाई आह्वान गरिन् ।

राष्ट्रपति भण्डारीले हाम्रो सनातन चिन्तनले सहिष्णुता, सहअस्तित्व, शान्ति र विश्व बन्धुत्वको भावना विकास गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धन गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

राष्ट्रपति भण्डारीले सनातन चिन्तनमा जोड दिएर नेपाललाई विश्वमा चिनाउन सकिने पनि स्मरण समेत गराईन् । ३ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका वैदिक तथा आधुनिक ज्ञान, विज्ञानका ज्ञाताहरु सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...