News Portal

सत्तारुढ नेकपा कै प्रदेश सांसदको दोहोरो नागरिकता

हिमाली संचार संवाददाता
६१६ पटक

मुकेश पोखरेल
बुटवल : व्यक्ति एउटै, नागरिकता भने दुई वटा । यस्तो कुरा पटकपटक सुनिएकै हो । तर, प्रदेश सांसदका हकमा भने शायद यो नौलो हुन सक्छ ।

प्रदेश ५ की सांसद फौजिया नसिमले झूटा विवरण पेश गरी फरक–फरक नाममा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट दुई वटा नागरिकता लिएको देखिन्छ ।

पहिलो पटक २८ असार २०४६ मा उनको नाम लैलुन निसा मुसलवान छ । कपिलवस्तुबाटै जारी यो नागरिकताको नम्बर ६०१२४४८/१/१७/६७०४७ हो । पहिलो नागरिकतामा जन्मस्थान पिपरा–५ कपिलवस्तु उल्लेख छ । जन्ममिति २०२२ साल र पति अबु सामा मुसलवान र बुबा अब्दुल गफ्फार विवरण छ ।

तर, २३ असार २०७१ मा उनै नसिमले फौजिया नसिमका नाममा दोस्रो नागरिकता लिएकी छिन् । दोस्रोमा जन्म भारत, पति नसिम अहमद मुसलवान र बाबु उही अब्दुल गफ्फारलाई भारतीय भएको विवरण उनले प्रशासनमा पेश गरेकी छिन् ।


जन्ममितिलाई घटाएर ५ जेठ २०३० बनाएकी छन् । उनले लिएको दोस्रो पटकको नागरिकता नम्बर हो– ३८/०१/७१/०२५८१ ।

अहिलेकी फौजिया नसिमलाई २०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा (एमाले)ले प्रदेश सभामा समानुपातिक सांसद मनोनीत गरेको थियो । त्यसअघि उनी एमालेकै तर्फबाट मायादेवी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेकी थिइन् ।

कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सांसद फौजिया नसिमले लिएको भनिएका दुई नागरिकता बारे छानबिन चलिरहेको बताए । दोहोरो नागरिकता लिएको पुष्टि भए पछिल्लो नागरिकता खारेज हुने उनको भनाइ छ ।


आफ्ना दुई नागरिकता बारे जवाफ दिन सांसद नसिमले आवश्यक ठानिनन् । “मेरो नागरिकताको विषयमा पार्टी अध्यक्ष झविलाल पोखरेलसँग सोध्नुस्”, उनले भनिन् ।

नागरिकता ऐन २०६३ को दण्डसजाय सम्बन्धी व्यवस्थामा ‘कसैले नेपाली नागरिकताको झूटो वा कीर्ते प्रमाणपत्र खडा गरेमा वा बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ व्यवस्था छ ।

नसिम विरुद्धको दोहोरो नागरिकता र गलत विवरण प्रमाणित भए स्वतः उनको सांसदको पद खारेज हुनेछ । त्यसैगरी कुनै विदेशीलाई झूटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिश गर्ने व्यक्तिलाई ६ महीनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

प्रदेश–५ का सभामुख पूर्णबहादुर घर्ती दोहोरो नागरिकताका बारेमा प्रदेश संसद नियमावलीमा कुनै व्यवस्था नभएको बताउँछन् । उनी भन्छन् “संविधानमा जे व्यवस्था छ, त्यहीअनुसार कारबाही हुन्छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...