आज : २०२६-०७-१२, आइतबार

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगे कांग्रेस सभापति देउवा

कञ्चनपुर १७, फागुन : पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी सुदुरपश्चिमको कञ्चनपुर जिल्लाकी १३ बर्षीय किशोरी निर्मला पन्तको घरमा पुगेका छन् । निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घरमा पुगेका हुन् ।

निर्मलाकी आमा दुर्गादेवी पन्तलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए । उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीको तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए।

यो पनि पढ्नुहोस।

न्यायको आस मार्दै निर्मलाका बाबुआमाले ७ महिना पछि अनशन छोडे

बलात्कारीलाई फाँसी दिन कांग्रेस सांसद भुसालको माग

http://himalisanchar.com/2019/02/9934